मंगलामा मंसिर १ गतेसम्म लकडाउन

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा लकडाउन (बन्दाबन्दी) गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरोकारवालाहरुको सुझावको आधारमा कोरोना फैलिन नदिनका लागि कात्तिक २० गते राति १२ बजेदेखि मंसिर १ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

छिमेकी बेनी नगरपालिका र मालिका गाउँपालिकाले सेवा तथा बजार बन्द गरेपछि मंगलाको केन्द्र बाबियाचौरका बैंक, बित्तिय र सहकारी संस्थाका साथै कार्यालयमा हुने भिड र आवत जावतले कोरोना भाइरसको संक्रमण बढ्ने आँकलन गरिएको छ ।

Shreekrishna hardwear in news

गाउँपालिका र वडा कार्यालय, शैक्षिक संस्था, बैंक, बित्तिय र सहकारी संस्थाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । अत्यावश्यक खाद्यान्न, तरकारीका पसल, ब्यवसायहरु बिहान ७ देखि १० बजे सम्म खोल्ने दिइएको छ ।

Bhautik ministry notice about road

औषधी, डेरी पसल, यातायात, ढुवानी र बिकास निर्माणलाई भने बन्दाबन्दीले असर नपर्ने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर ती क्षेत्र सञ्चालन गरिने भएको छ । लकडाउन कार्यान्वयनका लागि गाउँपालिकाले दश बुदे निर्देशन जारी गरेको छ ।

घरबाहीर ३ जना भन्दा बढी भेला हुन, तिहार पर्वको अवसरमा देउसीभैलो र पिङ खेल्न पनि रोक लगाएको छ । टोल स्तरमा सचेतनामुलक कार्यक्रमका साथै सामाजिक, भौतिक दुरि कायम नगेर्ने, मास्क नलगाउनेलाई संक्रामक रोक ऐन अनुसार कारबाही गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि असोज तेस्रो हप्तादेखिनै मंगलाको सेवा प्रभाबित भएको थियो । संक्रमित कर्मचारी निको भएपनि समुदायका व्यक्तिहरुमा कोरोना संक्रमण हुन थालेको छ ।

यसअघि म्याग्दीको बेनी नगरपालिका र मालिका गाउँपालिकाले बजार, कार्यालय, बैंक तथा बित्तिय र सहकारी संस्थाको सेवा बन्द गरिसकेका छन् । सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको जलजला गाउँपालिका र बजार क्षेत्र पनि बन्द भएका छन् ।

म्याग्दीमा केही दिनयता समुदाय स्तरका राजनीतिक, जनप्रतिनिधि, ब्यापारीहरुमा कोरोना संक्रमण हुने क्रम बढेसँगै सुरक्षा निकाय, प्रशासन र स्थानीय तहले सतकर्ता अपनाउदै विभिन्न कदम चालेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...