डिभिजन वन कार्यालय म्याग्दी लगातार दोस्रो वर्ष उत्कृष्ट

khali

बेनी, । गण्डकी प्रदेश सरकार अन्तरगत म्याग्दीमा रहेका मध्य डिभिजन वन कार्यालय लगातार दोस्रो पटक उत्कृष्ट कार्यालय घोषणा भएको छ ।

गण्डकी प्रदेश सरकारको छैटौ स्थापना दिवसको अवसर पारेर मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालयले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट कर्मचारी र कार्यालय घोषणा गरिएको हो ।

प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न मापदण्डको आधारमा बेनीमा रहेको डिभिजन वन कार्यालयलाई गत वर्ष पनि प्रदेश सरकारले उत्कृष्ट कार्यालय घोषणा गर्दै नगद रु. ३० हजार पुरस्कार प्रदान गरेको थियो ।

Shreekrishna hardwear in news
khali

नमूना कार्यालय छनोट कार्यविधि, २०७८ बमोजिम डिभिजन वन २०८० सालमा म्याग्दीमा प्रदेश सरकार मातहतको उत्कृष्ट नमूना कार्यालय बन्न सफल भएको हो । आगामी जेठ १५ गते हुने १७ औ गणतन्त्र दिवसको अवसरमा उत्कृष्ट कर्मचारी, कार्यालय लगायत विभिन्न विधामा पुरस्कार वितरण गरिने भएको छ ।

हालै मात्र म्याग्दीबाट सरुवा भएर मुस्ताङ जानुभएका डिभिजन वन अधिकृत मनोज रानाभाटले कार्यालयको सम्पूर्ण टिमका कारण कार्यालय उत्कृष्ट बन्न सफल भएको बताउनुभयो । कार्यालयको पुरानो भवनलाई रंगरोगन, सरसफाई, घेराबार, पर्खालमा चित्र कोरिएको छ ।

कर्मचारीको कार्यकक्ष विभाजन, सेवाग्राहीलाई सहजिकरण गरेर छिटो सेवा प्रवाह गराउने, योजना तथा कार्यक्रम कार्यान्वयन तथा समन्वयमा सक्रीयता लगायतको अभ्यास गरेका कारण डिभिवन वन कार्यालयले उत्कृष्ट कार्यालयको पुरस्कार पाएको हो । मुस्ताङबाट हालै बिष्णु अधिकारी म्याग्दीमा वन डिभिजन कार्यालय प्रमुखको रुपमा सरुवा भएर आउनुभएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...