बेनी, । नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समिति म्याग्दीको प्रथम जिल्ला भेला बिहिबार बेनीमा सम्पन्न भएको छ ।
बेनीको जिल्ला समन्वय समितिको सभाहलमा भएको भेलाले देबेन्द्र बिकको अध्यक्षतामा १७ सदस्य नेपाल समाजवादी पार्टी म्याग्दी गठन गरेको छ । उपाध्यक्षमा भुपिन थापा, सचिवमा ससी सापकोटा, सहसचिवमा स्रिमन रसाइली र कोषाध्यक्ष याममायाँ विक रहनुभएको छ ।
सोही अवसरमा बेनी नगरपालिका प्रथम भेलाबाट अध्यक्षमा ससी विक, सचिव तारा सिन्जाली मगर सहित १७ सदस्यीय नगर समिति समेत गठन भएको पार्टीका जिल्ला इन्चार्ज एवम् केन्द्रिय सदस्य चित्र सापकोटाले बताउनुभयो ।
भेलाको उद्घाटन गदैं केन्द्रिय सदस्य सापकोटाले नयाँ नेपाल बनाउने भिजन भएका डा. बाबुराम भट्टराईको परिकल्पना अनुसार देशलाई अगाडी बढाउनुपर्ने बताउनुभयो । जिल्ला भेलामा विशिष्ट अतिथि गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापा, केन्द्रिय सदस्य टिकाराम पौडेल, केन्द्रिय सदस्य देवि क्षत्री, दलित संगठनका केन्द्रिय सदस्य भक्त विक लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
भेलाको अध्यक्षता बाबु केसी र स्वागत मन्तब्य सचिनान्द बिकले गरेका थिए । जिल्ला भेलाबाट संगठन निर्माण, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा निर्णय समेत भएको जिल्ला अध्यक्ष विकले बताउनुभयो ।
नेपाल समाजवादी पार्टी म्याग्दीमा देबेन्द्र
प्रतिक्रिया दिनुहोस