पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण शुरु

Shreekrishna hardware

साघुको जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्या हट्ने

भुरुङ्ग–तातोपानी, । बजेट बिनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ्ग र वडा नम्बर –५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ ।

डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कुल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्वार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आर्थिक वर्ष २०७५÷०७६ देखि नियमित बजेट बिनियोजन भएपनि कार्यान्वयन भएको थिएन् ।

Shreekrishna

अन्नपूर्ण गाउँपालिका–५ का वडा सदस्य पूर्ण बहादुर पाईजाले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट बिनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण शुरु भएको जानकारी दिनुभयो ।

“२०७६ सालमा निर्माण स्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भयो,” उहाँले भन्नुभयो “२०७७ देखि स्थान र डिजाइन परिवर्तन गरेपनि लागत अनुमानको २० प्रतिशत बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा पुल निर्माण कार्य अलपत्र बनेको थियो ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पुल निर्माण भएपछि पर्यटकीय स्थल भुरुङ्ग तातोपानी देखि प्राकृतिक उपचार स्थलको रुपमा विकसित पाउद्वार तातोपानी कुण्ड पुग्नका लागि जोखिम मोलेर कालीगण्डकी नदीमा साघु –अस्थायी काठको पुल) तर्नुपर्ने अथवा नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने वडा सदस्य पाइजाले बताउनुभयो ।

कालीगण्डकी किनारमा प्राकृतिक रुपमा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा शरिर डुबाएर स्नान र उपचार गर्नेहरुको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको छ । पाउद्वार तातोपानी कुण्ड सञ्चालनका लागि अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. २० लाख ११ हजारमा ठेक्का लगाएको छ ।

भुरुङ्ग र पाउद्वार तातोपानी जोड्ने १२६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीसँग सञ्जिव उज्वल जेभीले गत साउन महिनामा रु. ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता गरेको थियो ।

कार्यालयका सूचना अधिकारी अर्जुन शर्माले निर्माण व्यवसायीले दुवै तर्फ जिप रहने ठाउँ निर्माणसँगै स्टिल डेग लगायतका सामग्री जुटाउने कामलाई तिब्रता दिएको बताउनुभयो । आगामी असार महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुलको लठ्ठा टिबिएसयुले उपलब्ध गराउने भएको छ ।

कुल रु. एक करोड २० लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷०८० मा रु. १२÷१२ लाख बजेट बिनियोजन भएको थियो । गत जेठ महिनामा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले रु. नौ लाख थप बजेट व्यवस्थापन गरेर बहुबर्षीय ठेक्का लगाउन स्विकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भएको थियो ।

निर्माणाधिन पुलको पाउद्वार तर्फको जिप नजिकै ३३÷११ केभी क्षमताको प्रशारण लाइन पर्ने भएकाले चार वटा पोल स्थानान्तरणका लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर सर्वेक्षण गरि बजेट स्विकृतिका लागि मन्त्रालयमा पठाएको पूर्वाधार विकास कार्यालयका अधिकृत अधिकृत छैटौ रविन चोखालले बताउनुभयो ।

विभागीय मन्त्रालयले बजेट स्विकृत गरेपछि विद्युत प्राधिकरण मार्फत पोल स्थानान्तरण गरिने उहाँले बताउनुभयो । म्याग्दी क्षेत्र (१) १ बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले भुरुङ्ग र पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल बनेपछि मुस्ताङ जाने आउने पर्यटकको बसाई लम्बाउन, जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...