मंगलाको पालिका स्तरीय अस्पतालका ठेकेदार काममा फर्किए

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बाबियाचौर, ः म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माणको काम डेढ वर्षपछि सूचारु भएको छ ।

संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार वि.स. २०७७ पुुषमा मंगलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा शिलन्यास गरिएको भवन निर्माण कार्य पछिल्लो डेढ वर्षयता रोकिएको थियो ।

सरोकारवालाको दवाव र गाउँपालिकाले कारबाही प्रक्रीया अघि बढाएपछि ठेकेदार काममा फर्किएर निर्माण थालेका मंगला गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख रुचेन्द्र अधिकारीले बताउनुभयो ।

Shreekrishna

“धरौटी जफत गरेर ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाहीका लागि सिफारिस गर्ने चेतावनी दिएपछि काममा फर्किएका हुन,” उहाँले भन्नुभयो “कार्यपालिकाको बैठकबाट आगामी असार महिनासम्मको म्याद थप गरेका छौ । कामको प्रगतिको आधारमा भुक्तानी दिन संघीय सरकारसँग बजेटको माग गरेका छौ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

डेढ वर्षपछि भवन निर्माण सुचारु भएको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भुुपेन्द्र खत्रीले बताउनुुभयो । “निर्माण सकिनुपर्ने समयसम्म दश प्रतिशत भौतिक प्रगति भएको छ,” उहाँले भन्नुुभयो “डिपिसी गरेर ठडाएको पिल्लर लेउ लागेको थियो । ठेकेदारलाई धेरै प्रयास गरेर काममा फर्काएका छौ ।”

भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौंसँग २०७८ असारमा रु. ९ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो । भवनको कूल रु. १२ करोड ९७ लाखको लागत अनुमान गरिएको थियो । २०८० असार महिनासम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।

३५ वटा कोठा हुुने भवनको विसं २०७७ पुस १५ गते गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गर्नुुभएको थियो । १० शैया क्षमताको अस्पतालका लागि एक हजार १२४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको थियो ।

आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन बनाउन लागिएको थियो । निर्माणाधिन भवन गत महिना पोक–नेटा–अर्मन सडकबाट आएको पहिरोले पुुरिएको छ । पहिरो नियन्त्रणका लागि पनि काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले बताउनुभयो ।

अस्पतालका लागि अर्मन स्वास्थ्यचौकी परिसरमा पाँच वर्षअघि आठ रोपनी जग्गा व्यवस्थापन गरिएको थियो । मुुख्य र सहायक ठेकेदारको बिवादका कारण भवन निर्माण रोकिएको हो । सहायक ठेकेदारले अधकल्चो बनाएको कामलाई पूूर्णता दिन मुुख्य ठेकेदार आएका हुन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...