दरबाङमा कोरोना अस्पताल र प्रिआइसोलेशन स्थापना

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा कोरोना अस्पताल र प्रिआइसोलेशन स्थापना भएको छ ।

कोरोना संक्रमितको उपचारका लागि मालिका गाउँपालिकाले कोरोना अस्पताल र प्रिआइसोलेशन बनाएको हो । ५ शैयाको कोरोना अस्पतालका साथै १५ शैया क्षमताको प्रिआइसोलेशन कक्ष स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

‘जनप्रिय माविको आधारभूत तहको भवनका ६ वटा कोठामा कोरोना अस्पताल र प्रिआइसोलेशन बनाएका हौ,’ उहाँले भन्नुभयो ‘त्यहाँ इन्टरनेट जोडेर वाइफाइको समेत ब्यवस्था गरेका छौ ।’

Shreekrishna hardwear in news

मनोरञ्जनका लागि मादल लगायत बाद्यबाधनका सामग्रीको पनि ब्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ । बुधबार संक्रमण पुष्टि भएका दरवाङमा कार्यरत एक जना प्रहरीलाई यही अस्पतालमा राखेर उपचार सुरु गरिएको छ ।

लक्षण नभएका संक्रमितलाई प्रिआइसोलेशन, सामान्य लक्षण भएकालाई कोरोना अस्पताल र जटिल समस्या देखिए बेनी र पोखराको अस्पतालमा रिफर गर्ने ब्यवस्था मिलाइएको छ । चिकित्सक, स्वास्थ्यकर्मी र संक्रमितको आवासका लागि फरक कोठा बनाइएको र त्यसलाई घेराबार गरिने उपाध्यक्ष बिटालुले बताउनुभयो ।

Bhautik ministry notice about road

कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० लाख रुपैयाँ बजेट पठाएको थियो । एक जना चिकित्सक, दुई जना नर्स र एक जना कार्यालय सहयोगी भर्ना गर्ने प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले बताउनुभयो ।

कोरोना महामारी नियन्त्रणका साथै अन्य प्राकृतिक बिपद् ब्यवस्थापनका लागि मालिका गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड ७६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । कोरोना फैलिन नदिन पालिकाको केन्द्र दरवाङ बजार, गाउँपालिका, बैंक, बित्तिय र सहकारी संस्थाको सेवा बिहीबारदेखि एक हप्ताका लागि बन्द भएको दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले बताउनुभयो ।

संक्रमण फैलिने दर बढ्दै गएपछि म्याग्दीका स्थानीय तह कोरोना अस्पताल सञ्चालनमा जुटेका छन् । मंगला गाउँपालिकाले जिल्लामै अर्मन स्वास्थ्य चौकीको भवनमा ५ शैया क्षमताको कोरोना अस्पताल सञ्चालन गरिसकेको छ ।

अन्य स्थानीय तहहरुले पनि अस्थाई कोरोना अस्पताल सञ्चालनका लागि सामग्री खरिद, पूर्वाधार निर्माण, व्यवस्थापन र जनशक्तिको पदपुर्ति प्रक्रिया सुरु गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले नारच्याङ, रघुगंगाले भगवति र पाखापानी, धवलागिरीले मुनामा कोरोना अस्पताल बनाउने तयारी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अस्पतालका लागि रु.४ लाख ५० हजार तलब, रु. ५० हजार औषधि र रु. ५ लाखको बेडसहितका सामग्री किन्न बजेट पठाएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...