मुना–मुदी सडकमा गाडी सरर (भिडियो रिपोर्ट सहित)

Gandaki Pardesh notice

मुदी, ः म्याग्दीको धवलागिरी गाउपालिका वडा न. ४ मुदी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँ देखि दर हुदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो ।

सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा छोटिएको छ । मुदीका बिजय घर्तिमगरले यातायातका साधन चल्न थालेपछि यात्राको अवधि छोटिएको, ढुवानी भाडा घटेको र आवत जावतमा सहज भएको बताउनुभयो ।

“मुदीबाट मुना पुग्न अप्ठ्यारो भिर र खोल्साको बाटो डेढ घण्टा पैदल हिड्नुपर्दथ्यो,” उहाँले भन्नुभयो “गाडी चढेर बीस मिनेटमै पुगिग्छ । बिरामीलाई गाडीबाटै समयमै अस्पताल पु¥याउन सजिलो भएको छ ।”

Shreekrishna hardwear in news

गत असार महिनामा मार्ग खोलिएको सडकमा खसेको पहिरो पन्छाएपछि यसै महिनादेखि जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । यसअघि घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महँगो परेको थियो । मुदी म्याग्दीको जडिवुटीको भण्डार मानिन्छ । कृषकले पालेका खसीबोका बजार पठाउन सजिलो भएको छ ।

वडा अध्यक्ष बेगप्रसाद घर्तिले मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोशका करिब एक हजार घरधुरी लाभान्वित भएका बताउनुभयो । बि.स. २०७३ मा सुरु भएको फलियागाउँदेखि मुदी सम्मको सडकको दुरि करिब ६ किलोमिटर छ । बस चलाउन मिल्ने गरि ६ मिटर फराकिलो बनाइएको छ ।

Bhautik ministry notice about road

अधिकांश ठाउँमा पहाड फुटाएर सडक निर्माण गर्न रु.तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा तत्कालीन जिविसले रु. ४२ लाख र राष्ट्रिय योजना आयोगले रु. ४० लाख खर्चेर दर सम्म ट्याक खोलेका थिए ।

बि.स. २०७४ मा गाउपालिकाले बिनियोजन गरेको रु. ९० लाखबाट सिमबाङको फाटसम्म सडक पु¥याइएको थियो । २०७५ मा गाउपालिकाको रु. ६५ लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत रु.२३ लाख खर्च भएको थियो ।

आर्थिक वर्ष २०७६÷०७७ मा रु. ४५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थापा निर्माण सेवाले १ किलोमिटर ३०० मिटर नयाँ सडक खनेको थियो । बाह्ै महिना यातायात सञ्चालनका लागि दरखोलामा मोटरेबल पुल निर्माण गर्न संघीय सरकारबाट बजेट बिनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

७ वटा वडा रहेको धवलागिरीको वडा न. ५ मल्कवाङमा पूर्वाधार विकास कार्यालयले यसै वर्ष सडक पु¥याएको छ । वडा न. २ मा पर्ने खोरीयाको भुगोलमा सडक खनेपनि महतलाको भिरमा ट्याक खन्न बाँकी भएकाले यातायात सञ्चालन हुन सकेको छैन् । खोरीया र लमसुङ तथा लुलाङका बासिन्दाबीच कताबाट सडक खन्ने भन्ने विषयमा बिवाद हुँदा गत वर्ष रु. एक करोड ५० लाखमा ठेक्का लागेको योजनाको काम भएन् ।

मराङ, ताकम र मुनामा यसअघिनै सडक पुगेको थियो । वडा न. १ गुर्जामा गत वर्ष रु. ४५ लाख बिनियोजन गरेर सुरु गरेको आन्तरिक सडक निर्माण योजनालाई यस वर्ष रु. २० लाख बिनियोजन गरेर निरन्तरता दिएको गाउँपालिकाका उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...