बेनी बोर्डिङ कप उपाधी आयोजकको पोल्टामा

Gandaki Ghumau

बेनी, । बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ ।

फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं उपाधी जितेको हो । सेमिफाइनलमा बेनी बोर्डिङले दरबाङ बोर्डिङ र केबी एकेडेमी दरबाङले बालमन्दिर मावि कालिपुललाई पन्छाउँदै फाइनलको यात्रा तय गरेका थिए ।

Gunasthariya Shiksya

फाइनलमा विजेता र उपविजेताले क्रमश नगर ३० हजार र १५ हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । विजेतालाई बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, विद्यालयका संस्थापक रेशम बानियाँ, प्रिन्सिपल मोहन अधिकारी, फुटबल संघका अध्यक्ष कुमार बानियाँ लगायतले पुरस्कार वितरण गर्नुभयो ।

Shreekrishna

प्रतियोगितामा बेनी बोर्डिङका अभिषेक घिमिरे उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी सुझाव बानियाँ,उत्कृष्ट मिडफिल्डर एन्जल घर्ती, उत्कृष्ट डिफेन्डिर अरुण शेरपुन्जा,सार्वाधिक गोलकर्ता केबी एकेडेमीका खिम थापा, उत्कृष्ट स्ताइकर केबीकै खिम थापा, अनिशासित टिम दरबाङ बोर्डिङ र उत्कृष्ट कोच बेनी बोर्डिङका बिनोद घर्तीलाई ट्रफी प्रदान गरिएको थियो ।

बि.स २०७९ साल चैत्र २६ गते स्वर्गारोहण भएका विद्यालयका विद्यार्थी हिमाल रोकाको स्मृतिमा आयोजित प्रतियोगितामा जिल्लाभरबाट १५ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन मंगलबार विद्यालयको प्राङ्गनमा खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले गरेका थिए । आधारभुत तहमा फुटबलका प्रतिभा पहिचानमा यो प्रतियोगिताको महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...