बेनी, । म्याग्दीको बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का प्रतिवद्ध लगाउने तयारी गरेको छ ।
हुुक्का प्रतिबन्ध, सुर्ति तथा मदिराजन्य वस्तुुको बिक्री वितरणलाई नियमन गर्न नगरपालिकाले सरोकारवालाहरुसँग छलफल थालेको छ । नगर प्रमुख सुरत केसीले स्वास्थ्यका लागि हानिकारक र लागु औषधको लत बसाउने हुक्कालाई प्रतिबन्ध लगाउने तयारी सहित छलफल थालिएको बताउनुभयो ।
“हुक्का खैनी, चुुरोट भन्दा पनि बढी हानिकारक सुर्तिजयन्य पदार्थ हुक्का किशोर किशोरीहरुलाई लागु औषधको लतमा फलाउने कारण बनेको छ,” उहाँले भन्नुभयो “सामाजिक र सुुरक्षा चुुनौति बढाएकाले नगर क्षेत्रमा हुक्का प्रतिबन्ध लगाउने तयारी गरेका हौ ।”
जिल्ला सदरमुुकाम बेनी बजारका साथै रत्नेचौर, तातोपानी र गलेश्वर बजारका होटल रेष्टुुरेष्टमा हुुक्का नराख्ने र बजारमा पनि बिक्री बितरण नगर्ने विषयमा व्यवसायी, टोल विकास संस्था र जनप्रतिनिधिहरुसँग छलफल थालिएको नगर प्रमुख केसीले बताउनुुभयो ।
१८ वर्ष भन्दा कम उमेरकालाई मदिरा र सुुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने कानुनको कार्यान्वयनका साथै मदिरा सेवन गर्नेको अभिलेख राख्ने तयारी गरिएको नगर प्रमुख केसीले बताउनुुभयो ।
हुुक्का सेवन गर्ने युवा युुवति बढ्दो क्रममा छन् । चुुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न फेलेबर (स्वाद)मा पाइनुले युवा पुस्ता यसप्रति आकर्षित भएका हुन् । कफि सप, रेष्टुुरेन्ट र बार हुुक्का सेवन स्थल हुुन् ।
हुुक्का तान्ने सेन्टरहरु तन्नेरी पुस्तामा अपराध फैलाउने माध्यमको थलो बनेको सुरक्षा निकायको विष्लेषण छ । हुुक्काले सामाजिक मर्यादा भत्काएको छ । सार्वजनिक स्थलमा अभिभावक र मान्यजनकै अगाडी तन्नेरीले हुक्का तानेको भेटिन्छ ।
स्वास्थ्य सम्बन्धी अध्ययन प्रतिवेदनहरुका अनुसार एक पटक हुक्का सेवन गर्दा १० देखि १५ खिल्ली चुरोट सेवन गर्नुु बराबर हो । एक घण्टा हुक्का सेवन गर्दा १०० देखि २०० वटा च चुरोट सेवन गर्नु जस्तै हो । हुुक्कामा निकोटिन, भारी धातु, कार्वन मोनोक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ । जसले स्वास्थ्यमा गम्भीर असर गर्दछ ।
अत्याधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै फोक्सो सम्बन्धी रोग, मुख, अन्ननली, मुत्रथैली, स्तन, पाठेघरको क्यान्सर र मुटुसम्बन्धी रोगको जोखिम बढने चिकित्सकहरुले बताएका छन् । धुु्रमपान गर्ने व्यक्तिमा अकाल मृत्यु हुने सम्भावना धु्रमपान नगर्ने व्यक्तिको भन्दा २ देखि ३ गुण बढी हुुन्छ । निष्क्रिय धुम्रपान गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ ।