संघीयताको सुदृढीकरणमा जोड

Gandaki Kotihome

बेनी, । प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा बेनीमा सोमबार ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले बेनी नगरपालिकाका प्रमुख सुरत केसीको कार्यकक्षमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नगर प्रमुख सुरत केसीले समग्र नगरपालिका क्षेत्रको दीगो विकासमा सञ्चार क्षेत्र, पत्रकार र सञ्चारकर्मीको भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले जिल्लामा क्रियाशील सबै पत्रकार तथा सञ्चारकर्मीहरुले म्याग्दी जिल्ला र स्थानीय तहको विकास निर्माणमा पत्रकारिताको माध्यमबाट रचनात्मक भूमिका निर्वाह गरिदिन आग्रह गर्दै म्याग्दीमा पत्रकारिताको विकास र सञ्चारमाध्यमको सबलीकरणमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

Upper Myagdi transmition line notice

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज प्रकाश पौडेलले देशमा रहेका तीनवटै तहका सरकारले भौतिक पूर्वाधारको विकास मात्र नभई आम नागरिकमा चेतनाको सञ्चार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष समेत रहनुभएका केन्द्रीय सदस्य पौडेलले सञ्चार क्षेत्रमार्फत जिल्लाको विकास निर्माण, शान्तिसुरक्षा, सुशासन, अमनचयन र भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरिरहेको भन्दै वर्तमान अवस्थामा पत्रकार तथा सञ्चार क्षेत्रलाई टिकाउनका लागि स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

Annapurna aarohan ko notice

प्रेस चौतारी म्याग्दीका संस्थापक अध्यक्ष एवं पत्रकार महासंघका निवर्तमान अध्यक्ष तारानाथ शर्माले विगतको समयमा पत्रकारिता गर्दा ज्यानको बाजी थाप्नुपर्ने भए पनि अहिलेको सन्दर्भमा पत्रकारलाई टिकाउन र सञ्चारमाध्यम बचाउन चुनौती थपिएको धारणा व्यक्त गर्नुभएको थियो ।

प्रेस चौतारी म्याग्दीका पूर्व अध्यक्ष एवं चौतारीका निवर्तमान इन्चार्ज देवीप्रसाद शर्मा (डिपी)ले म्याग्दीमा प्रेस चौतारी पत्रकारहरुको नेता सङ्गठन भएको बताउँदै पत्रकार महासंघ स्थापना गर्नको लागि प्रेस चौतारीले अगुवाई गरेको स्मरण गर्नुभयो । पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले पत्रकारले पत्रकारिताको चरित्रलाई अँगाल्नुपर्ने भन्दै स्थानीय तह अभिभावक भएको हुँदा सञ्चार क्षेत्रलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य अमृत बास्कुने, प्रेस चौतारी गण्डकी प्रदेशका पूर्व सदस्य एवं पत्रकार महासंघ म्याग्दीका निवर्तमान उपाध्यक्ष ठाकुरप्रसाद आचार्य र प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीले पत्रकारले समयमै पारिश्रमिक पाउने वातावरण निमाण गर्नुपर्ने, स्थानीय तहले सूचना तथा विज्ञापनहरु जिल्लाकै सञ्चारमाध्यममा प्रकाशन गर्नुपर्ने, मिडियालाई सहयोग गर्नुपर्ने जस्ता विषयहरु उठाउनुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक पौडेलले पत्रकारले खोजमूलक, विश्लेषणात्मक र आलोचनात्मक पत्रकारितामा जोड दिनुपर्ने बताउनुभयो ।

प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता र स्वागत एवं सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका निवर्तमान सचिव गोरखनाथ सुवेदी, प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्मा, जनपत्रकार संघका वादल शाही लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस