बिरामी अभिभावकलाई विद्यार्थीको सहयोग

Gandaki Kotihome

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीले आर्थिक जुटाएर बिरामी अभिभावकलाई सहयोग गरेका छन् ।
ठूलो आन्द्रामा समस्या देखिएपछि उपचारार्थ म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका दिपक रिजालको उपचारमा विद्यालयको बाल क्लव, येआरसी र इको क्लवले रु. १७ हजार ५ सय संकलन गरी घरमै पुगेर हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताउनुभयो ।
रिजालका छोराछोरी विद्यालयको यूकेजी र कक्षा २ मा अध्ययनरत छन् । लामो समयदेखि मोवाईल तथा इलेक्ट्रिक्स पेसामा संलग्न रिजालको उपचारमा आर्थिक समस्या भएको जानकारी पाएपछि विद्यार्थीले नै सहयोग संकलन गरेका थिए ।
आन्द्रामा समस्या देखिएपछि उपचारार्थ रिजाल नेपालका साथै भारतमा समेत पुगेर उपचार गरेपनि सोचेजस्तो सुधार नभएपछि अहिले म्याग्दी नै फर्कनुभएको छ । रिजालको उपचारमा विद्यालयले समेत सबै समक्ष सहयोगको याचना समेत गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...