तयार भयो रातोढुुङ्गा सवस्टेशन

Gandaki Kotihome

बेनी, ः म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको प्रशारण लाइन र सवस्टेशनको परिक्षण सफल भएको छ ।

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रशारण लाइन र रातोढुुङ्गामा ३३÷११ केभी क्षमताको सवस्टेशनको परिक्षण गरिएको हो । निर्माण कम्पनी ए टुु जेड ईञ्जिनियरीङका प्रतिनिधी पद्यसागर लुुइटेलले प्रशारण लाइन र सवस्टेशनको परिक्षण सफल भएको जानकारी दिनुभयो ।

“नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीको निगरानीमा गरेको परिक्षण माघ १६ गते सकिएको छ,” उहाँले भन्नुभयो “सवस्टेशन वरपरका जग्गा धनीको बिवादका कारण सवस्टेशन चार्ज र सञ्चालन गर्न समस्या भएको छ ।” वितरण लाइनमा जोड्ने वातावरण भएमा एकै दिनमा सञ्चालन गर्न सकिने लुइटेलले बताउनुभयो । गत पुष महिनाको २९ गतेदेखि परिक्षण शुरु गरिएको थियो ।

Shreekrishna hardwear in news

रातोढुङ्गामा रहेको सवस्टेशन नजिकैका जग्गाधनीहरुले ३३÷११ केभी क्षमताको प्रशारण लाइनको ५ वटा टावर सार्न माग गर्दै तातोपानी र दरवाङ तर्फ जाने ११ केभी क्षमताको वितरण लाइनमा जोड्न नदिएका हुन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजना, निर्माण व्यवसायी र प्रभावित जग्गाधनीहरुसँग छलफल गरेर सबस्टेशन चार्ज र प्रशारण लाइन सञ्चालन गर्न पहल गरेको बताउनुभयो ।
नेपाल बिद्युत प्राधिकरण मार्फत ए टु जेड इञ्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सवस्टेशन र प्रशारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुवाति चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सूूचारु भएको थियो ।

Notice about ban dadalo

चार वर्ष अघिनै सम्पन्न हुनुपर्ने सवस्टेशन र प्रशारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार र विद्युत आपुर्ति प्रभावित भएको छ ।

गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी लगायतले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर ठेकेदारलाई काममा फर्काउन पहल गर्नुभएको थियो । पछिल्लो बिवाद समाधानका लागि विद्युत प्राधिकरण, आयोजना, प्रशासन र गाउँपालिकासँग सहजिकरण गरेको मन्त्री जुग्जालीले बताउनुभयो ।

रातोढुुङ्गा सवस्टेशन र प्रशारण लाइन सञ्चालन भएपछि पश्चिमी क्षेत्रको धौलागिरी, मालीका र मंगला गाउँपालीकामा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवा विस्तारमा सहज हुने नेपाल बिद्युत प्राधिकरणको म्याग्दी बितरण केन्द्रका प्रमुख प्रताप बरालले बताउनुभयो ।

“हाल मिलनचोक सब स्टेशनबाट चार वटा फिडरबाट लामो दुरिमा विद्युत आपुर्ति गराउदाँ समस्या भएको छ,” उहाँले भन्नुभयो “२० किलोमिटर दुरिसम्म एउटा सबस्टेशनबाट विद्युत आपुर्ति गराउने मापदण्ड भएपनि ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपुर्ति गराउन भएको समस्या हट्नेछ् ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...