नारच्याङको घट्टेखोलामा माछा मार्न प्रतिबन्ध

Gandaki Ghumau

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको घट्टेखोलामा माछा मार्न रोक लगाइएको छ । पर्यटकीय नारच्याङ गाउँको बिच भागबाट बग्ने घट्टखोलामा माछा लगायत चलचर मार्न प्रतिबन्ध लगाइएको हो ।

अन्नपूर्ण गाउँपालिका–४ का कार्यवाहक अध्यक्ष श्याम पुर्जाले नारच्याङ बेशीको टोल विकास संस्था, युुवा क्लव र आमा समुहका प्रतिनिधिहरुको सहभागीतामा बसेको बैठकको निर्णय अनुसार सोमबारदेखि घट्टखोलामा माछा र पाहा मार्न प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

“माछा मार्न खोलाको धार परिवर्तन गर्दा घट्टेखोलामा जलचर पाइन छाडेका छन,” उहाँले भन्नुभयो “वडा कार्यालयको अगुवाईमा घट्टखोलामा अर्को निर्णय नहुँदा सम्मको लागी माछा मार्न रोक लगाएको हो ।”

Shreekrishna

कालीगण्डकीको सहायक घट्टेखोला असला र काभ्रे जातका माछाको बासस्थान हो । पछिल्लो समय घट्टखोलामा माछा र पाहा लोप हुुन थालेको छ । नारच्याङको शिरमा रहेको पहाडबाट बगेर झरना बनेको घट्टेखोला कालीगण्डकीमा मिसिन्छ । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा रहेको नारच्याङ स्थित घट्टेखोलाको शिरमा आकर्षक झरना छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...