
बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको विद्याज्योती माविमा आइतबार पण्डित डिलानाथ रत्न रेग्मी छात्रवृत्ति पुरस्कार कोषबाट पुुरस्कार वितरण गरिएको छ ।
वि.स. को २०७९ को कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याएका सन्दिप नेपाली र २०८० मा उत्कृष्ट नतिजा ल्याएकी संचिता भण्डारीलाई पुुरस्कार वितरण गरिएको हो । कोषका संरक्षक ध्रुब रेग्मीले नेपाली र भण्डारीलाई रु. चार ÷चार हजार नगद सहित पुरस्कार वितरण गर्नुुभएको विद्यालयका प्रअ रघुुनाथ आचार्यले जानकारी दिनुभयो ।
