दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना अलपत्र

Gandaki Ghumau

बेनी, ः म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना निर्माण कार्य अलपत्र बनेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो ।

बि.स. २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको सुरुङमार्ग खन्न थालिएको मालिका गाउँपालिका–६ गोचाखोला क्षेत्रमा अहिले मेसिन उपकरणहरु मात्रै रहेका छन् । डोजर, सुरुङ खन्न प्रयोग गरिने मेसिन उपकरण र रड लगायतका निर्माण सामाग्री सुरुङ अगाडी अलपत्र अवस्थामा छन् ।

आयोजनाको पुरा क्षमतामा निर्माण कार्यलाई पुनः अघि बढाउने गरि तयारी भैरहेको आयोजना प्रमुख गोपाल रेग्मीले जानकारी दिनुभयो । उहाँले यस अघि एउटा मात्रै अडिटबाट सुरुङ खन्न सुरु गरिएकोमा थप मेसिन उपकरण र जनशक्ति व्यवस्थापन गरेर दुई ठाउँबाट सुरुङमार्ग बनाउने तयारी भैरहेको जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

‘‘ अब फेरी सुरुङको काम सुरु हुन्छ, अहिले एउटा अडिटबाट सुरुङ खन्दै आएका थियौँ, यसै माघ २० गतेबाट हामीले दुई ठाउँबाट सुरुङमार्ग खन्ने गरि प्रवन्ध मिलाउँदै छौँ, अहिलेपनि कर्मचारी आवासगृहतर्फको काम भैरहेको छ’’– आयोजना प्रमुख रेग्मीले भन्नुभयो । उहाँका अनुसार, यस आयोजनाको सुरुङमार्गतर्फ अहिलेसम्म करिब ३५ प्रतिशत काम सकिएको छ ।

कुल २ हजार ८५० मिटर लामो सुरुङमार्ग बनाउनुपर्नेमा अहिलेसम्म ९९५ मिटर सुरुङ निर्माण सकिएको आयोजनाले जनाएको छ । पाँच बर्ष अगाडी तत्कालिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाद्धारा आयोजनाको दुखुबेशीको बालौटेमा निर्माण हुने विद्युतगृहको शिलान्यास गरिएको थियो ।

तर यस आयोजनाको सुरुङ बाहेक विद्यूतगृह र ड्यामसाईट तर्फ कुनै काम सुरु भएको छैन् । आयोजनाको सुरुङ निर्माणमा विष्फोटक पदार्थको अभाबले काम रोकिएको बुझिन आएको र पालिकाले आयोजनालाई सफल बनाउन प्रवद्र्धकहरुसंग समन्वय गरिरहेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताउनुभयो । ‘‘स्थानीय स्तरमा केहि समस्या छैन, हामीले सहजीकरण गर्ने काममा सहयोग गरिरहेका नै छौँ’’– अध्यक्ष गर्वुजाले भन्नुभयो ।

आयोजनाको निर्माण कार्य कछुवा गतिमा भएपछि लगानीकर्ताहरु समेत चिन्तित बनेका छन् । मालिका गाउँपालिका– ५ देविस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याईने पानीलाई दुखुबेसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्ने तयारी छ । ५ अर्ब १५ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहने छ भने अन्य लगानी वित्तिय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...