भारतको अयोध्यायमा राममन्दिर उद्घाटनका अवसरमा म्याग्दीको देवशिला उद्गम स्थलमा लाखबत्ती बालिने

Gandaki Ghumau

बेनी, भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिर उद्घाटनको अवसरमा सो मन्दिर परिसरमा राखिएका देवशिला को उद्गम स्थल म्याग्दीमा लाखबत्ती बालिने भएको छ ।

भारतको अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरको सोमबार मुर्तिको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको छ । मन्दिरमा हिन्दु धर्मावलम्बीहरुका भगवान रामको बाल्यकालको मुर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका–६ सेतिपहिरा स्थित कालिगण्डकी किनारबाट दुई वटा शिला लगिएको थियो ।

नेपालबाट लगिएको देवशिला रामको अवतार भएकाले फुटाउन नहुने धार्मिक गुरुहरुको तर्कपछि अयोध्यायको राम मन्दिर परिसरमा संरक्षण गरेर राखिएको छ । अयोध्यायमा राममन्दिर उद्घाटन हुने दिन देवशिला उद्गम स्थलमा लाखबत्ती बाल्न लागिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

जगदगुरु हिमालय बाबाको विशेष उपस्थिति र गलेश्वर शिवालय क्षेत्र विकास कोषको सहयोगमा लाखबत्ती बाल्ने कार्यक्रम तय भएको छ । देवशिला रहेकै स्थानमा रामको मुर्ति प्रतिस्थापन पनि गरिने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

“गलेश्वर क्षेत्र विकास कोषका पदाधीकारी र बेनी नगरपालिकाका नगर प्रहरीहरुको सहभागितामा आइतबार लाखबत्ती बाल्ने ठाउँ बनाइएको छ,” उहाँले भन्नुभयो “देवशिला उत्खनन् स्थलको महत्व र प्रचारप्रसार गरि धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल गरिएको छ ।”

देवशिला उत्खनन् भएको गलेश्वर क्षेत्रलाई हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ । देवशिला लगिएपछि भारतबाट आएका तिर्थयात्रीहरुले स्नान र अवलोकन गर्न थालेका छन् ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिला उपहार दिइएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...