घुम्ति शिविर मार्फत मराङ र मल्कवाङका ३० वटा उपभोक्ता समितिसँग सम्झौता

Gandaki Ghumau

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले दुई वटा वडामा पुगेर ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता गरेका छन् ।

गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ६ मराङ र ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्षित गरेर बिहिबार र शुक्रबार दुई वटा वडामा घुम्ति शिविर सञ्चालन भएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले मराङका १९ र मल्कवाङका ११ वटा उपभोक्ता समितिसँग सम्बन्धित वडामै योजना सम्झौताका साथै अभिमुखीकरण गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“नागरिकलाई गाउँमै सिंहदरबार आएको अनुभव दिलाउन उपभोक्ता समितिसँग योजना सम्झौता वडामै पुगेका हौ,” उहाँले भन्नुभयो “दुई वटा वडाका सबै योजनाका उपभोक्ता समितिसँग सम्झौता भयो ।” अन्य वडामा पनि घुम्ति शिविर मार्फत योजना सम्झौता गरिने प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, योजना शाखाका रमेश पौडेल, लेखा शाखाका तिलक पौडेल, पूर्वाधार शाखाका लोकेन्द्र रावल, दिपेन्द्र थापा, रोमी भण्डारीको टोली घुम्ति शिबिर लिएर मराङ–मल्कवाङ पुगेको हो ।

वडाका अध्यक्ष, सचिव र जनप्रतिनिधीहरुले सहजिकरण तथा समन्वय गर्नुभएको छ । प्राबिधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पुरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरि पेश्की उपलब्ध गराउने ब्यवस्था मिलाइएको धवलागिरी–५ मल्कवाङका वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।

Gunasthariya Shiksya

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधीकारीहरुलाई प्राबिधिक, लेखा ब्यवस्थापन र प्रशासनिक प्रक्रियाका बिषयमा परामर्श पनि दिइएको छ । आम भेला देखि योजना फरफारक गर्ने अवस्था सम्मको नमुना सहितको उपभोक्ता समिति सहयोगी पुस्तिका लागू गरेको छ ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधीकारीहरुलाई पालिकामा जाने आउने समय, झञ्जट हट्नुका साथै ब्ययभार घटेको धवलागिरी गाउँपालिका–६ मराङका वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।

“मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा तीन दिन लाग्ने गर्छ,” उहाँले भन्नुभयो “वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको छ ।”

मराङ र मल्कवाङका बासिन्दालाई धवलागिरीको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ ।

पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झञ्जटपुर्ण उल्टो यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकम भन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ ।

पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । यस वर्ष धवलागिरी गाउँपालिकाले ११६ वटा योजना कार्यान्वयन गर्दैछ् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...