हेम माविका उत्कृष्ट शिक्षक र विद्यार्थी पुरस्कृत

khali

शिवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–७, शिबाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

दोस्रो टिकामाया स्मृति दिवसको अवसरमा मङगलवार विद्यालयमा आयोजित एक समारोहमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

शिवाङ घर भई हाल अमेरिका निवासी समाजसेवी राम गुरुङले आमा टिकामायाको सम्झनामा स्थापना गर्नुभएको अक्षयकोषबाट प्रथम, द्धितिय, तृतिय र सान्त्वना भएका शिक्षक, वार्षिक परिक्षामा उत्कृष्ट जिपिए ल्याउने र विविध प्रतियोगितामा विजेताहरुलाई नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

Shreekrishna hardwear in news

यस वर्ष शिक्षकतर्फ सर्वोत्कृष्ट÷प्रथम हुनुभएका शिक्षक मनिराम थनेतलाई रु. २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्रले पुस्कृत गरिएको छ । द्धितिय उमादेवी कँडेललाई रु. १५ हजार नगद सहित प्रमाणपत्र, तृतिय हुनुभएका भिमप्रसाद पौडेललाई रु. १० हजार नगद सहित प्रमाणपत्र र सान्त्वना स्थान हासिल गर्नुभएका शिक्षक कुलराज आचार्यले रु. पाँच हजार नगद सहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । चारै जना शिक्षकहरुलाई नगद, सम्मानपत्र, ट्फी प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति र अभिभावकको भेलाले छनोट गरेका शिक्षकहरुलाई पुरस्कृत गरिएको गुरुङले बताउनुभयो । गुरुङले गत वर्ष आमा टिकामायाको सम्झनामा विद्यालयमा टिकामाया स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गर्दै आएको विद्यालयले जनाएको छ ।

khali

गत वर्षको परिक्षामा उत्कृष्ट जिपिएको आधारमा कक्षा १–५ तर्फ कक्षा २ का सायु घर्ती, ६–८ तर्फ कक्षा ८ का अन्जान घर्ती र कक्षा १० की सन्ध्या सुनारलाई जनही रु. पाँच हजार नगद सहित ट्रफी र प्रमाणपत्रले वितरण गरिएको छ । हेम मावि कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरु मध्ये उत्कृष्ट जिपिएको आधारमा छात्रातर्फ सुस्मिता थापा र छात्रतर्फ भेजिन्द्र सुनारलाई नगद रु. दश हजार पाँच सय सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

गत वर्ष रु. दुई लाख पचास हजारको अक्षयकोष स्थापना गर्नुभएका गुरुङले यस वर्ष रु. पाँच लाख पु¥याउनु भएको छ । वार्षिक रुपमा अक्षयकोषको रकम बढाउदै लैजानुभएको छ । ३०६ जना विद्यार्थी अध्ययरत विद्यालयमा ३० जनालाई निशूल्क आवासीय सुविधा उपलब्ध गराइएको छ । २६ जना शिक्षक रहेका छन् ।

प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’, वडा अध्यक्ष अशोक खत्री, अक्षयकोषका प्रमुख संरक्षक गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरकुमारी बुढाथोकी, स्वर्गिय टिकामायाका श्रीमान जितबहादुर फगामी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
सांसद गर्बुजाले विदेशमा छाक कटाएर जन्मगाउँको विद्यालयलाई सहयोग गर्नु उदाहरणीय काम भएको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले प्रवासमा रहेका गुरुङ लगायत म्याग्दीलीहरुले जिल्लामा शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा ठुलो आर्थिक सहयोग गर्ने गरेको उल्लेख गर्नुभयो ।

उहाँले वडा र गाउँपालिका भित्रका विद्यालयमा पुर्वाधार निर्माण र शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि पालिका ,प्रदेश र संघ सरकार विच सहकार्य गरिरहेको बताउनुभयो । जनतासामु गरेका प्रतिवद्धता पुरा गर्न लागिपरेको सांसद गर्बुजाको भनाइ छ ।

स्वर्गिय आमाको सम्झनामा विद्यालयमा अध्यापनरत शिक्षक, गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्धेश्यले अक्षयकोष स्थापना गरि वार्षिक रुपमा पुरस्कार वितरण गर्दै आएको बताउनुभयो । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । गुरुङ लामो समयदेखि होटेल व्यवसायी गर्दै आउनुभएको छ ।

वडा अध्यक्ष खत्री र गाउँपालिका शिक्षाा शाखा स्रोत व्यक्ती गिरीप्रसाद छन्त्यालले विद्यालयमा अक्षयकोष स्थापना गरेर ठुलो सहयोग पु¥याएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । शिक्षकहरु मनिराम थनेत र उमावेवी कँडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । विद्यालयका प्रअ केसीले स्वागत गर्नुभएको थियो ।

यसैगरी स्मृति दिवसको अवसरमा विद्यालयमा आयोजित हाजिरी जवाफ, एकल लोकगित , चित्रकला, बादविवाद, वक्तृत्वकला, निवन्ध लेखन, निवन्ध लेखन (अंग्रेजीमा) र नृत्य प्रतियोगितामा प्रथम र द्धितिय हुने विद्यार्थीहरुलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुस्कृत गरिएको छ । सरसफाइ, अनुशासित र उत्कृष्ट खेलाडीलाई समेत नगद सहित पुरस्कृत गरिएको थियो । शिक्षक र विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...