जिल्ला स्तरीय छात्र भलिबलको उपाधी ज्ञानप्रकाश माविले जित्यो

Gandaki Ghumau

सुरेन गुरुङ
दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आइतबार जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

ज्ञान प्रकाश माविले ४८ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगिता चार दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगिताको उपाधी आयोजक ज्ञान प्रकाश माविले जितेको छ ।

प्रकाश माविलाई फाइनलमा दुईका विरुद्ध तीन सेटले पराजित गर्दै ज्ञानप्रकाश बिजयी भएको हो । दुई वटा विद्यालयको प्रतिस्पर्धात्मक खेल प्रर्दशनी गरेका थिए । बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश रु. ८० हजार १११ र रु. ५० हजार १११ पुरस्कार प्राप्त गरेका छन् ।

Shreekrishna
Gunasthariya Shiksya

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जा, प्रअ शान्तबहादुर नेपाली, अक्षयकोषका संस्थापक कृष्ण तुलाचनले पुरस्कार वितरण गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा प्रभु बैंकले विद्यालयलाई रु. २५ हजार सहयोग गरेको थियो । कार्यक्रमको अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...