दिवंगत बुवाको स्मृतिमा शैक्षिक र धार्मिक सस्थालाई रु. तीन लाख भन्दा बढी सहयोग

khali

सुरेन गुरुङ
दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका एक जना व्यक्तिले दिवंगत बुवाको स्मृतिमा शैक्षिक र धार्मिक संस्थाहरुलाई आइतबार रु. तीन लाख भन्दा बढी सहयोग गर्नुभएको छ ।

दानाका सुरत केसीले दिवंगत बुवा शिवदास बैरागीको पहिलो स्मृतिमा विद्यालय, धार्मिक संस्थाहरुलाई नगद सहयोगका साथै खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको हो ।

khali

ज्ञानप्रकाश माविको ४८ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा केसीले सहयोग र पुरस्कार वितरण गर्नुभएको थियो । ज्ञानप्रकाश माविलाई रु. एक लाख एघार हजार, शिवालय मन्दिर र मोति बराह मन्दिरलाई रु. पचास हजार पाँचका दरले सहयोग गर्नुभयो ।

Shreekrishna hardwear in news

काभ्रेको सरस्वती, दुवारीको जनकल्याण, सुवा र ज्योती आधारभूत विद्यालयलाई रु. बीस हजार पाँचका दरले सहयोग गर्नुभयो । हालै सम्पन्न भएको पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका ज्ञानप्रकाश माविका खेलाडीहरुलाई तीन हजार रुपैयाँ पुरस्कार वितरण गर्नुभयो ।

लङजम्प र तीन हजार मिटर दौडमा बिजयीलाई पनि रु. एक÷एक हजार सहयोग गर्नुभएको थियो । निर्माण व्यवसायी रहेका केसी सामाजिक र राजनीतिक क्षेत्रमा पनि क्रियाशिल हुनुहुन्छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...