बेनीमा कोरोना नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम

Gandaki Pardesh notice

बेनी । केही दिनयता धमाधम लक्षण सहितका कोरोना (संक्रमित) भेटिन थालेको बेनीमा आइतबार जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

शुक्रबारदेखि एक हप्ताका लागि बजार र सेवा बन्द गरिएको बेनीमा स्वास्थ्य कार्यालय, म्याग्दी र कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको आयोजनामा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

Bhautik ministry notice about road

जिल्ला प्रशासन कार्यालय अगाडीदेखि सुरु भएको सन्देशमुलक ब्यानर सहित बजार परिक्रमा गरिएको अभियानमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सुरक्षा अधिकारी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु सहभागि थिए ।

Shreekrishna hardwear in news

कोरोना संक्रमणको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनाका लागि बजारबासीलाई आग्रह गर्दै जनचेतनामुलक अभियान गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । मास्क र स्यानीटाइजर प्रयोग तथा सामाजिक र भौतिक दुरि पालना गर्न जोड दिइएको छ ।

मास्कको अनिवार्य रुपमा प्रयोग गर्न, सामाजिक तथा भौतिक दुरि कायम गर्न, साबुनपानीले कम्तिमा २० सेकेण्ड समय सम्म मिचिमिचि पटक–पटक हात धुन वा गुणस्तरीय ह्याड स्यानीटाइजरको प्रयोग गर्न, बिशेष काम बाहेक घरबाट बाहिर ननिस्कन, प्रशस्त मात्रामा झोलिलो बस्तु तथा पोषिलो खानेकुरा खान, आफ्नो तथा परिवारका सदस्यको स्वास्थ्यमा कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न अनुरोध गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...