बेनी नगरपालिकाद्धारा कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी पुरस्कृत

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । बेनी नगरपालिकाले बिहिबार ८ जना कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलाई पुरस्कार तथा एक÷एक वटा विद्यालय र निर्माण कम्पनीलाई सम्मान गरेको छ । १४ औ नगर अधिवेशनको अवसरमा ८ जनालाई जनही नगद रु. पाँच हजार सहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरुमा नगरपालिकाको कार्यालयका सहायक पाँचौ लक्ष्मण पौडेल, ९ नं. वडा कार्यालयका सचिव कृष्णबहादुर बानिया, वडा नं. ६ का असिस्टेन्ट सव ईञ्जिनियर मिनबहादुर खत्री, ज्यामरुककोट स्वास्थ्य चौकीका सिनियर अनमी करुणा थापामगर, सरस्वती आधारभूत विद्यालय बगरफाँटका शिक्षक घनदेवी घर्ति, पौलत्स्य मावि भिरमुनीका शिक्षक देवीप्रसाद शर्मा, बेनी नगरपालिका नगर प्रहरी प्रमुख शंकर पौडेल र एसईइमा चार जिपिए ल्याएका प्रकाश माविका समिर सुवेदी रहनुभएको छ ।

गत वर्षको एसईईमा चार जिपिए ल्याएका समिर सुवेदीले अध्ययन गरेको प्रकाश माविका प्रअ लेखबहादुर हमाल र लक्ष्य अघिनै सम्पन्न भएको बेनी–गलेश्वर सडकको ठेकेदार कम्पनी मंगला देवी सुबास कन्ट्रक्सन प्रा.लीका सुवासचन्द्र कार्कीलाई दोसल्ला ओडाएर र सम्मानपत्र प्रदान गरिएको थियो । नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले प्रशंसापत्र, सम्मापनत्र र नगद पुरस्कार वितरण गर्नुभएको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सभाले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि संसोधित बजेट पारित गरेको छ । थप रु. एक करोड ६० लाख बजेट पारित भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । यसअघि रु. २० लाख बिनियोजन भएको बेनीको खुल्ला मञ्च खेलमैदान स्तरोन्नतिका लागि थप रु. १५ लाख र बेनी–लभ्लिहिल सडकलाई रु. १५ लाख बिनियोजन गरेको केसीले बताउनुभयो । दश वटा वडा कार्यालयले सिफारिस गरेका योजनामा थप रु. दश÷दश लाख बिनियोजन भएको छ ।
नगर उपप्रमुख लामिछानेले थप भएको सहित चालुतर्फ रु. ५३ करोड एक लाख १५ हजार र पुजिगत तर्फ रु. १९ करोड ४८ लाख ६५ हजार गरि कुल रु. ७२ करोड ४९ लाख ८० हजारको संसोधित बजेट प्रस्तुत गर्नुभएको थियो ।

चालु आर्थिक वर्षमा रु. चार करोड ५३ लाख ३० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकोमा हालसम्म रु. एक करोड ६३ लाख ६२ हजार ५६३ अथवा ३६.०९ प्रतिशत राजस्व संकलन भएको नगर उपप्रमुख लामिछानेले सभामा जानकारी गराउनुभएको थियो ।

असारको सभाले चालुतर्फ बिनियोजन गरेको मध्य चालुतर्फ रु. २१ करोड ५० लाख ९७ हजार अथवा ४०.५८ र पुजिगततर्फ रु. तीन करोड ५० लाख ८३ हजार ३९३ अथवा १९.५७ प्रतिशत खर्च भएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...