कोरोनाको जोखिम बढेपछि अन्नपूर्ण गाउँपालिकाद्धारा पर्यटकीय स्थल भ्रमणमा रोक

Gandaki Pardesh notice

म्याग्दी । कोरोनाको जोखिम बढेपछिम्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलको भ्रमणमा रोक लगाएको छ ।

कोरोना महामारी फैलिन र भित्रिन नदिनका लागि गाउँपालिकामा रहेका तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, खोपारा लेक, महभिर र नारच्याङ झरना लगायत पर्यटकीय स्थल भ्रमणमा रोक लगाएको छ ।

चाडपर्वको अवसर पारेर सहरी क्षेत्रबाट भ्रमणमा आउनेहरुबाट कोरोना भित्र्न र फैलिने जोखिम बढेको भन्दै गाउँपालिकाले शनिबार एक सूचना जारी गरेर घुम्न नआउन अनुरोध गर्दै रोक लगाइएको जनाएको हो ।

Shreekrishna hardwear in news

केही दिनयता देशका विभिन्न ठाउँबाट भ्रमणमा आउन थालेकाले जोखिम बढेको स्थानीयले बताएका छन् । गाउँपालिकाका नायब सुब्बा कुलप्रसाद आचार्यले पर्यटकीय स्थल प्रवेशमा रोक लगाइएकाले भ्रमणमा नआउन अनुरोध गर्नुभयो ।

अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोडेपानीका साथै बिरेठाटी र घान्द्रुकका होटल ब्वबसायीले बढ्दो कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि तत्काल होटल नखोल्ने निर्णय गरेका छन् ।

Bhautik ministry notice about road

तीन वटै ठाउँका होटल ब्यवसायीहरुको संयुक्त बैठकले कोरोना भित्र्न नदिन तिहार अघि नखोल्ने निर्णय गरेका घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताउनुभयो । घोडेपानीका होटलहरु गत चैत ११ गतेदेखिनै बन्द भएका थिए ।

देशका अन्य ठाउँमा होटल तथा रेष्टुरेष्ट खुला गरिएपनि घोरेपानी क्षेत्रमा अझै सूचारु गरेका छैनन् । पाहुनाको माध्यमबाट कोरोना भित्र्ने जोखिम आँकलन गरेका छन् । केहीदिनयता भ्रमणका लागि स्वदेशी पर्यटकहरु घोडेपानी आउन थालेपछि स्थानीय त्रसित भएका छन् ।

यसैगरी अन्नपूर्ण गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि पाँच शैया क्षमताको अस्थाई अस्पताल सञ्चालनको तयारी गरेको छ । एक जना चिकित्सक, दुई जना नर्स र एक जना कार्यालय सहयोगीको बिज्ञापन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले ८ वटै वडाका स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डरको समेत ब्यवस्था गर्न लागेको बताउनुभयो । जनप्रतिनिधिको हैसियतमा आफूले प्राप्त गरेको सुबिधा वापतको रकम जम्मा गरेको कोषको रकमबाट अस्किजन सिलिण्डर किनेर स्वास्थ्य संस्थालाई उपलब्ध गराउने अध्यक्ष पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...