म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पुरा

Gandaki Ghumau

बेनी, । शुक्रबारदेखि बेनीमा सञचालन हुदै नवौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलमैदान तयार पारिएको र खेलाडीहरु बेनीमा आइसकेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले भलिबल, एथलेटिक्स, कवड्डी, मार्सल आर्टका ३६ विभिन्न बिधामा ३६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताउनुभयो ।

“धवलागिरी, मालिका, मंगला, अन्नपूर्ण रघुगंगा गाउँपालिका र बेनी नगरपालिका स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो,” उहाँले भन्नुभयो “जिल्ला स्तरीय प्रतिस्पर्धाबाट छनौट हुने खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् ।”

Shreekrishna

प्रथम हुने पालिकाले रनिङ्ग शिल्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. बीस हजार पुरस्कार प्राप्त गर्नेछन् । उपबिजेता र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. १५ हजार र १० हजार पुरस्कार पाउनेछन् । धवलागिरी र रघुगंगा बाहेकका पालिकाले कवड्डीमा प्रतिस्पर्धा गर्नेछन् ।

Gunasthariya Shiksya

एथलेटिक्स बेनीको खुल्ला मञ्चमा, मार्सल आर्ट र उसु कवर्ड हल, कवड्डी कालीपुलको बास्केटबल खेलमैदान र भलिबल खेल म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने भएको छ । सबै खेलको फाइनल खुल्ला मञ्चमा खेलाउने खेलकुद विकास समितिले जनाएको छ ।

यसपाली अन्नपूर्ण, रघुगंगा र बेनी नगरपालिकाका खेलाडीले उसुमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई व्यवस्थित बनाउन समितिका पदाधीकारी, सदस्य, कर्मचारी र प्रशिक्षकलाई जिम्मेवारी बाँडफाड गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

उद्घाटन समारोहमा हुने मार्च पासमा बिजयीलाई रु. पाँच हजार नगद पुरस्कारका साथै प्रतियोगिताको एउटा बिधाका रुपमा मुल्याङ्कन गरिने समितिले जनाएको छ । शुक्रबार बिहान ९ बजेदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन समारोहमा पोशाक सहित खेलाडीहरुलाई उपस्थित गराउन समितिले सम्बन्धित पालिकाहरुलाई अनुरोध गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...