बाबियाचौर, । बाबियाचौरको मंगला मा.वि.ले लगातार तेस्रो पटक जितेर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो बनाएको छ ।
म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा मंगलबार कैलाशफाँट खेलमैदानमा सम्पन्न चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा मंगला मावि लगातार तेस्रो पटक च्याम्पीयन बनेको हो ।
१५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ प्दक सहित मंगला माविले जितको निरन्ततालाई कायम राख्न सफल भएको छ । ६ स्वर्ण, १२ रजत र ५ कास्य सहित २३ पदक जित्दै महेन्द्ररत्न मावि बरंजा द्धितीय भएको छ । ३ स्वर्ण, ८ रजत १० कास्य सहित २१ पदक जितेर दिपशिखा मावि कुहुँ तृतीय भएको गाउँपालिकाका रोजगार सहायक ज्ञानेन्द्र आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा बिजेता विद्यालयलाई रु. ५० हजारको साथमा रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ः रु. ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा शारदा मावि २ स्वर्ण, १ रजत ३ काँस्य, शिशु कल्याण मावि २ स्वर्ण, २ काँस्य, जनजागृति मावि पूर्णगाउँ १ स्वर्ण,२ रजत, २ काँस्य पदक, भित्रुवन मंगला मावि १ स्वर्ण, १ रजत र १ काँस्य, डनिङ बोर्डिङ २ रजत, ४ काँस्य पदक र किसानी आधारभुत विद्यालयले १ काँस्य पदक जितेको छ ।
बिजेता विद्यालय र खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गाउँपालिका अध्यक्ष सतप्रसाद रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । भलिबलतर्फ छात्रमा मंगला माविका प्रकाश नेपाली, छात्रातर्फ शिशुकल्याण माविकी बुद्धिमायाँ बुढाथोकी, कबड्ीतर्फ मंगला माविका छात्रछात्रामा किस्मत विक र सरिता बुढा, एथलेटिक्समा मंगला माविकै मिलन थापा र रिकजना बोटेलाई उत्कृष्ट खेलाडी घोषणा गरि ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो । समापन कार्यक्रमको अध्यक्षता अध्यक्ष रोका, स्वागत मन्तब्य वडा नं १ अध्यक्ष एकजित रोका, धन्यबाद मन्तब्य उपाध्यक्ष प्रेमकुमारी खत्री, वडा नं २ वडा अध्यक्ष धनबहादुर खाती क्षत्री र सञ्चालन सूचना अधिकारी राजेन्द्र आचार्यले गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मंगला गाउँपालिकाका १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।