आज रातिदेखि बेनीमा एक हप्ताका लागि लकडाउन

Gandaki Pardesh notice

अत्यावश्यक काम बाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घर बाहिर निस्कन रोक

बेनी । म्याग्दी जिल्लामा लक्षण सहितका कोरोना (भाइरस) संक्रमित भेटिने क्रम बढेपछि सदरमुकाम बेनी बजारमा शुक्रबार रातीदेखि लागू हुने गरि एक हप्ताका लागि लकडाउन (बन्दाबन्दी) गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, म्याग्दीले कात्तिक १४ गते राती १२ बजेदेखि २१ गते १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको हो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोरोना संक्रमण थप फैलन नदिन बेनी नगरपालिकाको आग्रह र कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार सेवा बन्द गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

म्याग्दी उद्योग बाणिज्य संघले पनि भिड नियन्त्रण र जोखिम न्युनीकरणका लागि लकडाउन गर्न आग्रह गरेको थियो । बेनी नगरपालिका, वडा कार्यालय, सदरमुकाम स्थित बैंक, बित्तिय संस्था र सरकारीहरुबाट प्रदान गरिने सेवा बन्द हुने प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ ।

Bhautik ministry notice about road

औषधी बाहेकका पसहलहरु खेल्नका लागि बिहान ८ देखि १० बजे (दुई घण्टा)को समय तोकिएको छ । “सूचनामा उल्लेखित कार्यालय र संस्था खुल्छन तर सेवा प्रवाह हुदैन,” प्रजिअ अधिकारीले भन्नुभयो “अन्य सरकारी कार्यालय र यातायात सेवामा लकडाउनले असर गर्दैन ।”

पसल, अन्य सरकारी कार्यालय र यातायातका साधन सञ्चालनका क्रममा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरिने बेनी नगरकार्यपालिकाका प्रबत्ता रामकृष्ण बराइलीले बताउनुभयो । अत्यावश्यक काम बाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घर बाहिर निस्कन रोक लगाइएको छ ।

लकडाउनको अवधिमा संक्रमित जिल्लाबाट म्याग्दीमा आवत जावत नगरिदिन समेत प्रशासन र नगरपालिकाले आग्रह गरेका छन् । केही दिनयता जिल्ला सदरमुकाम बेनी बजारका ब्यवसायी, सहकारिका कर्मचारी र स्थानीयबासीमा कोरोना (भाइरस) संक्रमण हुने क्रम बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...