मन्त्री जुग्जालीद्धारा महरेन्द्ररत्न आधारभूत विद्यालयको भवन उद्घाटन

Gandaki Kotihome

बरंजा, । म्याग्दीको मंगला गाउँपालिका–४ थर्पुमा रहेको महेन्द्ररत्न आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु. २५ लाख अनुदान, विद्यालयको आन्तरिक स्रोत र स्थानीयबासीको श्रमदानमा भवन निर्माण भएको हो ।
विद्यालयको ६५ औ वार्षिकोत्सवको अवसरमा शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले भवनको उद्घाटन गर्नुभयो । कक्षा ८ सम्म पढाई हुने विद्यालयमा १०७ जना विद्यार्थी छन् ।
मन्त्री जुग्जालीले जनयुद्ध, जनआन्दोलन गरेर नेपालमा संघीय गणतन्त्र स्थापना गर्नुको उद्देश्य र अहिलेको व्यवस्था ल्याउनमा भएको संघर्षको बारेमा शिक्षा दिन आवश्यक रहेको बताउनुभयो ।


“हिजो पञ्चायत, राजतन्त्र र राणा शासनमा हालीमुहाली गरेकाहरुले नियोजित रुपमा गणतन्त्र र संघीयताको बिरोध गरेका छन् । २०६२÷०६ पछि जन्मिएका युवा पुस्ताले नबुझेर अहिले भन्दा पहिलेकै व्यवस्था ठिक भनिरहेका छन,” उहाँले भन्नुभयो “राजा, राणा र पञ्चायतकालमा के कस्तो दुख, कष्ट र पिडा थियो भन्ने जानकारी गराउन आवश्यक देखिएको छ ।”
पिछडिएको भूगोलमा विकासका लागि संघीयता वरदान सावित भएको बताउदै मन्त्री जुग्जालीले विगतमा देशको नेतृत्व गरेकाहरुले सहि हिसाबले काम नगर्दा व्यवस्थाप्रति नागरिकले गाली गरेका बताउनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo


मन्त्री जुग्जालीले बरंजामा सडक, मोटरेबल पुल, विद्यालय भवन लगायत रु. १७ करोड बजेट बराबरका योजना भित्रिएको जानकारी गराउनुभयो । गाउँमा भित्रिएका योजनालाई कसले जस पाउँछ भन्दा पनि सबैको नागरिकको सुविधाका लागि भएको बुझ्न अनुरोध गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर रोकाको अध्यक्षता र शिक्षक कृष्णप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ चित्रबहादुर रोकाले शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रअ रोकाले १–३ तहमा अंग्रेजी माध्यमबाट पढाउने, सिकाई उपलब्धी बढाउने र पक्कि भवन निर्माण गर्ने योजना प्रस्तुत गर्नुभयो ।

मंगला–३ का वडा अध्यक्ष याम रोका, वडा नम्बर ४ का अध्यक्ष लालबहादुर रोका, शिक्षक अभिभावक संघका अध्यक्ष हरिमाया बिक, विद्यालय व्यवस्थापन समितिका सदस्य भक्तबहादुर रोका, सदस्य तेजिमाया बिक, धुलेमेला संरक्षण समितिका सदस्य तथा अभिभावक बिशाल रोका, शिक्षक ओममाया रोका बुढाथोकी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व पदाधीकारी, पुर्व शिक्षक अभिभावक संघका पदाधीकारी, पुर्व प्रअ र भवन निर्माण कार्य सम्पन्न गर्ने रनबहादुर रोकालाई सम्मान गरिएको थियो । बरंजाको मगर नौमति बाजा समूह र आमा समूहले अतिथिहरुलाई स्वागत गरेका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...