रघुगंगामा अनेमसंघ क्रान्तिकारी

Shreekrishna hardware

बेनी, । अखिल नेपाल महिला संघ (क्रान्तीकारी) रघुगंगा गाउँपालिकाको संयोजकमा कुसुम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ ।

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत भगवतीमा भएको गाउँपालिकास्तरीय भेलामा भण्डारीको नेतृत्व १७ सदस्यीय अनेमसंघ गठन गरिएको हो । नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका समितिको आयोजनामा भगवतीमा भएको प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका सचिवालय सदस्य विनोद केसी, प्रदेशसदस्य एवम् बेनी नगरपालिका उप्रप्रमुख ज्योती लामिछाने, प्रदेश सदस्य रिम कटुवालले जनतासंग माओवादीको अभियानबारे जानकारी गराउनुको साथै सहजीकरण गर्नुभएको थियो ।

Ban devision notice
Shreekrishna

रघुगंगा कमिटीका अध्यक्ष गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य नरबहादुर भण्डारी, वडानम्वर २ का वडा कमिटीका अध्यक्ष बालकृष्ण कटुवाल लगायतले मन्तव्य राख्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा उपस्थित अगुवा कार्यकर्ताहरुलाई राजनैतिक उद्देश्यबारे प्रशिक्षण गरिएको थियो ।

प्रशिक्षणका क्रममा माओवादी जनयुुद्धको उपलब्धीका रुपमा रहेको गणतन्त्र, संघीयताको रक्षा गर्दै नागरिकलाई अधिकार सम्पन्न, विकास तथा समृद्धि र सुुशासनको बाटोमा देशलाई अघि बढाउन, रघुगंगामा माओवादी पार्टीलाई बलीयो बनाउन नेता कार्यकर्ताहरु सक्रीय हुुुनुुपर्ने मन्तव्य नेताहरुले परिक्षणमा राख्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...