नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थीतर्फ प्रकाश मावि विजयी

khali

म्याग्दी, १२ पुस । सदरमुकाम बेनीमा सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थी तर्फ प्रकाश मावि विजयी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको संयुक्त आयोजनामा विहिबार नेपाल मंका खल:को सभाहलमा सम्पन्न प्रतियोगितामा शिक्षकतर्फ १२ र विद्यार्थी तर्फ १३ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा शिक्षकतर्फ बेनी सामुदायिक मावि द्धितिय र प्रभा मावि तृतिय हुन सफल भएका छन् ।

khali

त्यसैगरी विद्यार्थीतर्फ प्रभा मावि द्धितिय र समान अंकको आधारमा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि,माउण्ट एभरेष्ट आवासीय मावि र बेनी सामुदायिक माविलाई तृतिय पुरस्कार वितरण गरिएको छ । निर्णायकद्धय अजयमिलन श्रेष्ठ र डिके पुनले तीन विद्यालयले समान ७४ अंक प्राप्त गरेको घोषणा गर्नुभएको थियो । प्रथम ,द्धितिय र तृतिय हुने शिक्षक र विद्यार्थीले समान क्रमश : १५ हजार ,१० हजार र ७ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् । सो पुरस्कार शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापा मगर ,सामाजिक विकास कार्यालय प्रमुख रमेश थापा मगर, बेनी नगरपालिका शिक्षा अधिकृत कमलप्रसाद ढकाल लगायतले वितरण गर्नुभएको थियो । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थापा मगरले शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान गर्ने उद्धेश्यले दुई दिने नृत्य तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार,दुवै विद्याका विजेताहरु पोखरामा संचालन हुने गण्डकी प्रदेश स्तरीय कार्यक्रममा भाग लिन पाउनेछन् ।

Shreekrishna hardwear in news

कार्यक्रमको उद्घाटन गर्नुहुँदै बेनी नगर प्रमुख सुरत केसीले प्रतियोगिताले विद्यार्थी र शिक्षकमा लुकेर रहेका प्रतिभा पहिचान गर्नमा मदत पुग्ने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताहरु विद्यालय स्तरमा पनि निरन्तर रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । समाजिक विकास कार्यालय प्रमुख रमेश थापाले गत वर्ष सञ्चालित प्रतियोगिताले विद्यार्थी र शिक्षकको प्रतिभा पहिचान गर्न मदत पुगेको बताउनुभयो । साथै प्रतियोगिताले विद्यालयतहबाटै नेतृत्व निर्माण ,उत्प्रेरित जनशक्ती र प्रतिस्पर्धी उत्पादनमा सहयोग पुग्ने उहाँको भनाइ छ । सामाजिक विकास कार्यालय म्याग्दीका नायव सुब्बा गोविन्द पुन मगरले कार्यक्रम संचालन गर्नुभएको थियो । प्रतियोगितामा एक सय पुर्णाङ्क राखिएको प्रतियोगितामा भेषभुषा, सुरताल, मौलिकता र सान्दर्भिकता, श्रृङ्गार, सुरताल, सिर्जनशिलता, प्रस्तुतिकरण लगायत आधारमा प्रतियोगिले अंक प्राप्त गरेका थिए । शुक्रबार वक्तृत्वकला प्रतियोगिता संचालन हुनेछ

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...