धवलागिरीमा माओवादीका कार्यकर्तालाई प्रशिक्षण

Gandaki Ghumau

ताकम, । नेकपा (माओवादी केन्द्र)ले धवलागिरी गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ ।

ताकममा बिहिबार भएको कार्यक्रममा अगुुवा कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण दिएको हो । कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले माओवादीले म्याग्दीका पालिका स्तरमा प्रशिक्षण अभियान चलाएको छ ।

Gunasthariya Shiksya

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुुर बुुढा, गण्डकी प्रदेश सहसचिव टेकबहादुुुर बिक, प्रदेश सदस्य तथा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने ले सहजिकरण गर्नुुभएको थियो ।

Shreekrishna

प्रशिक्षणका क्रममा माओवादी जनयुुद्धको उपलब्धीका रुपमा रहेको गणतन्त्र, संघीयताको रक्षा गर्दै नागरिकलाई अधिकार सम्पन्न, विकास तथा सम्बृद्धि अनी सुुशासनको बाटोमा देशलाई अघि बढाउन माओवादी पार्टीलाई बलीयो बनाउन नेता कार्यकर्ताहरु सक्रीय हुुुनुुपर्ने बताउनुुभयो ।

माओवादीका धवलागिरी गाउँपालिका कमिटि अध्यक्ष यामन रोकाको अध्यक्षता र सचिव तथा गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...