दरवाङ स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे सेवा शुरु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे सेवा शुरु भएको छ ।

लायन्स क्लव अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले लायन्स क्लव अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट एक वर्षअघि रु. ४२ लाख मूल्य बराबरको ५०० एम.ए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो ।

केन्द्रका सूचना अधिकारी यमन नेपालीले लायन्स क्लवले उपलब्ध गराएको एक्सरे मेसिनको कम्प्युटेड रेडियोग्राफी प्रणालीलाई पुरानो १०० एम.ए. को एक्सरे मेसिनमा जडान गरि डिजिटल बनाएर आइतबारदेखि प्रयोगमा ल्याइएको जानकारी दिनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“५०० एम.ए. रेडियोग्राफि सहितको एक्सरे मेसिन धेरै प्रयास गर्दा पनि प्रयोगमा ल्याउन नसकेपछि सो को प्रणाली केन्द्रमा रहेको पुरानो मेसिनमा जडान गरेर सेवा शुरु गरिएको हो,” उहाँले भन्नुभयो “डिजिटल एक्सरे सेवा शुरु भएपछि सेवाग्राहीहरुलाई सहज भएको छ ।”

डिजिटल एक्सरे सेवा भएपछि बिरामीको उपचार गर्न सहज हुने सूचना अधिकारी नेपालीले बताउनुभयो । केन्द्रबाट मालिका, धवलागिरी र मंगला गाउँपालिकाका बासिन्दाले सेवा लिने गर्दछन् । सो क्षेत्रका बासिन्दाहरुलाई एक्सरे सेवाका लागि सदरमुकाम बेनी पुग्नुपर्ने समस्या हटेको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई एक्सरेको रिपोर्टको आधारमा बिरामीको समस्या पहिचान गर्न सहज भएको हो । हाल प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको ईसीजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधी पसल सञ्चालन गरेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...