पोखरा-घोडेपानी बस सेवा सञ्चालन

Gandaki Ghumau

बेनी, गण्डकी प्रदेशको राजधानी पोखरा र म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी आवत जावत गर्न आइतबारदेखि बस सेवा शुरु भएको छ ।

प्रदेश राजधानी समेत रहेको पर्यटकीय सहर पोखरा देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा बस सेवा सञ्चालन भएको हो । म्याग्दी यातायात प्रा.ली.का अध्यक्ष लालबहादुर थापाले दैनिक रुपमा बिहान ९.३० बजे पोखरा र घोडेपानी देखि बस छुट्ने जानकारी दिनुभयो ।

“स्थानीयबासीको सुविधाका साथै पोखरा र घोडेपानीलाई पोखरासँग जोड्न २६ सिट क्षमताको डिलक्स बस सेवा शुरु गरिएको हो,” उहाँले भन्नुभयो “नियमित बस सञ्चालन भएपछि पोखरा आएका पर्यटकलाई घोडेपानी घुम्न जान सजिलो हुने अपेक्षा गरेका छौ ।”

Shreekrishna

पोखरा–कुश्मा–बेनी–पोखरेबगर हुदै घोडेपानी जोड्ने रुटमा चल्ने बसको प्रतियात्रु भाडा रु. एक हजार १०० कायम गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल मात्र सञ्चालन हुने गरेको थियो ।

Gunasthariya Shiksya

घोडेपानीका होटल व्यवसायी बिरेन गर्बुजा पुनले बस सेवासँगै घोडेपानी भ्रमणमा आउने पर्यटकलाई सहज हुने बताउनुभयो । “सडक सञ्जालमा जोडिएको चार वर्षपछि घोडेपानीमा बस आउन थालेको छ,” उहाँले भन्नुभयो “घोडेपानी घुम्नका लागि अब बस चढेर आउन सकिने भएको छ ।”

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर ५०० मिटर सडक कालोपत्र गर्न वि.स. २०७५ देखि शुरु भएको आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । संघीय सरकार मार्फत सञ्चालित आयोजनाले सडक विस्तार र स्तरोन्नति गरेपछि बस चल्न सक्ने भएको हो ।

चित्रेदेखि घोडेपानी जोड्ने सडकका केही ठाउँमा मर्मत गर्ने तयारी गरिएको छ । घोडेपानी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा अवस्थित घोडेपानी पुनहिल र घान्द्रुक जाने आउने पदमार्गको केन्द्र हो ।

घोडेपानीदेखि ४० मिनेट उकालो हिँडेपछि पुगिने पुनहिल सूर्योदय, हिमशृङ्खला, गुरासे जङ्गलको दृश्य अवलोकनका लागि प्रसिद्ध छ । घोडेपानीदेखि पोखरा–बागलुङ भूपि शेरचन राजमार्गमा पर्ने नयाँ पुललाई सडकले जोड्ने तयारी गरिएको छ । कास्की तर्फबाट म्याग्दीको सिमानामा पर्ने वनठाटी नजिकैको बस्ती उल्लेरीसम्म सडक निर्माण भइसकेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...