मच्छिममा भ्यू पोइन्ट स्थापना

Gandaki Pardesh notice

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा भ्यू पोइन्ट (दृष्य अवलोकन स्थल) निर्माण भएको छ ।

मच्छिमको भूमे युवा क्लवले मच्छिमदेखि फलियागाउँ जाने बाटोमा पर्ने डाडाँमा भ्यु पोइन्ट स्थापना गरेको हो । पर्यटन प्रर्वद्धन र गाउँको प्रचारप्रसारमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको भ्यू पोइन्टको बडा दशैको अवसर पारेर आइतबार गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले उद्घाटन गर्नुभयो ।

Bhautik ministry notice about road

भ्यु पोइन्टबाट मच्छिम, ताकम, बिम, मुदी, दर, लुलाङ, खिवाङ गाउँ, गुर्जा, धौलागिरी लगायतको हिमाल र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । भ्यू पोइन्टलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्न सकिन्छ ।

Shreekrishna hardwear in news

गत माघ महिनामा सञ्चालन गरिएको मेलाबाट बचत भएको आम्दानीले भ्यु प्वाइन्ट स्थापना गरिएको भूमे युवा क्लबका अध्यक्ष बिरबहादुर छन्त्यालले जानकारी दिनुभयो । क्लवले खेलकुद, सांस्कृतिक गतिबिधिका साथै बिकृति न्युनीकरण, सामाजिक गतिबिधि र विकास निर्माणमा सघाउदै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...