गलेश्वरमा बालाचर्तुुदर्शीमा छ लाख भन्दा बढी भेटि संकलन

Gandaki Ghumau

गलेश्वर, बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एकै दिन रु. छ लाख भन्दा बढी भेटि संकलन भएको छ ।

वालाचर्तुदर्शी पर्वको अवसरमा सोमबार गलेश्वरमा पुुजाआजा र सतविज छर्न आएका भक्तजनहरुले चढाएको भेटि मंगलबार बिहान गनिएको हो । यस वर्षको बालाचर्तुदर्शी पर्वमा रु. छ लाख दुुई हजार २३२ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया पुुनले जानकारी दिनुुभयो ।

“गलेश्वरमा लाग्ने मेला पर्वमा एकै दिनमा संकलन भएको भेटि यसपालीको वालाचर्तुुदर्शीमा हालसम्मकै धेरै हो,” उहाँले भन्नुुभयो “भक्तजनको चापसँगै भेटि पनि बढेको हो ।”

Shreekrishna
Gunasthariya Shiksya

पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतका स्थानबाट करिब पचास हजार भक्तजन आएका थिए ।

गलेश्वरमा वालाचर्तुुदर्शी पर्वमा सतविज छरेमा पितृ उद्दार हुने जनविश्वास रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुुभयो । जिल्ला प्रहरी, शसस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लव र आमा समूहका स्वमसेवकको सहभागितामा पुजालाई व्यवस्थित गरिएको थियो ।

साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रीको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा भेटि गन्ने गरिएको छ । खेतीबाली भित्र्याउने र लगाउने काम सकिएको, मौसम अनुकुल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले विगतको तुलनामा यसपाली भक्तजन आगामन बढेको कोषका सदस्य सचिव बलबहादुुर खत्रीले बताउनुुभयो ।

कृष्णगण्डकी किनारमा रहेको ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले दर्शन गर्ने गरेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...