सुन्तला बगैचा पस्न डराउँछन दोसल्लेबासी

Gandaki Kotihome

दोसल्ले, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाईजा बगैचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा हुनुहुन्छ ।

दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पुरै गाउँमा सुन्तलाखेती गरेका छन् ।

नौ हजार सुन्तलाको बोट भएको बगैचाको बिचमा रहेको ११ केभी क्षमताको वितरण लाइनको नांगो तारले हाँगा छुन थालेको छ । बगैचाभित्र पस्न विद्युतको करेन्ट लागेर विद्युतीय दुर्घटना हुने जोखिम रहेको स्थानीयबासी समेत रहेकी अन्नपूर्ण गाउँपालिकाका पुर्व उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।

Shreekrishna hardwear in news

“सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैचामा जाँदा करेन्टको झट्का आउँछ,” दोसल्ले व्यवसायिक सुन्तला कृषक समूहका अध्यक्ष पाइजाले भन्नुभयो “तारमा छोइएर सुन्तलाको बोट मर्न थालेका छन् । रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैचामा पस्दा करेन्ट लागेर दुर्घटना हुने डर छ ।”

सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नांगो तार छोएर जोखिम बढेको हो । ४०० भोल्टको विद्युत प्रवाह हुने नांगो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका हुन् । गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाईजाले बताउनुभयो ।

Notice about ban dadalo

“सुन्तला बगैचाभित्र जाँदा करेन्ट लागेर ज्यानै जाला भन्ने डर छ,” उहाँले भन्नुभयो “तारले छोएको बोटको सुन्तला माया मार्नुपर्ने अवस्था छ । बगैचा पस्दा कता करेन्ट लागेर मरिने हो भन्ने डर छ ।”

केही दिन अघि दोसल्ले जानुभएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीलाई स्थानीयबासीले विद्युतीय दुर्घटनाको जोखिम न्युनीकरणका लागि नांगो तार हटाएर एबिसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गरेका थिए ।

“दोसल्लेको विद्युतीय दुर्घटनाको जोखिमको अवस्थाका बारेमा नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रमा जानकारी गराएपछि मेरै नेतृत्वमा आइतबार प्राविधिक टोलीले स्थलगत निरिक्षण भएको छ,” उहाँले भन्नुभयो “जति सक्दो छिटो नांगा तार हटाएर एबिसी केबुल राख्ने तयारी गरेका छौ ।”

सांसद भण्डारीको नेतृत्वमा आइतबार नेपाल विद्युत प्राधिकरणको बेनी बितरण केन्द्रका प्रमुख प्रताप बराल, ईञ्जिनियर शिव पौडेल, लेखा प्रमुख श्याम राना सहितको टोलीले दोसल्लेको विद्युत वितरण लाइनको स्थलगत निरिक्षण गरेको छ ।

केन्द्रका प्रमुख बरालले सुन्तला बगैचा भित्र नांगो तारको विकल्पका एबिसी केबुल राख्न प्रक्रीया अघि बढाएको र केही दिनमै तार परिवर्तन गरिने बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको दोवा, बेनी नगरपालिकाको बास्कुना लगायत ठाउँमा बस्ती र बगैचा माथि रहेको विद्युतको तार व्यवस्थापन गर्न पहल गरिरहेको सांसद भण्डारीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...