दोसल्लेमा जोखिमयुक्त विद्युतको तार व्यवस्थापन गरिने

khali

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा जोखिमयुक्त विद्युतको तार व्यवस्थापन गरिने भएको छ ।

विद्युतको वितरण लाइनको तारले सुन्तलाको रुख छुन थालेपछि दुर्घटनाको जोखिम बढेको थियो । दोसल्लेको सुन्तलाको बगैचाको बिच भागबाट विद्युत लाइन रहेको छ ।

सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नांगो तार छोएर जोखिम बढेको स्थानीयबासी रेबहादुर पुनले बताउनुभयो । ४०० भोल्टको विद्युत प्रवाह हुने नांगो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका छन् ।

Shreekrishna hardwear in news

गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम छ । दोसल्ले गाउँमा हाल ४२ घरधुरीको बसोबास छ । गाउँभरी सुन्तला खेती भएको छ ।

khali

केही समय अघि दोसल्ले जानुभएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीलाई स्थानीयबासीले नांगो तारको विकल्पमा एविसी केबुलको व्यवस्था गरिदिन अनुरोध गरेका थिए । स्थानीयबासीको समस्या नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रमा सांसद भण्डारीले जानकारी गराएर समन्वय गर्नुभएको थियो ।

सांसद भण्डारीको नेतृत्वमा आइतबार नेपाल विद्युत प्राधिकरणको बेनी बितरण केन्द्रका प्रमुख प्रताप बराल, ईञ्जिनियर शिव पौडेल, लेखा प्रमुख श्याम राना सहितको टोलीले दोसल्लेको विद्युत वितरण लाइनको स्थलगत निरिक्षण गरेको छ ।

केन्द्रका प्रमुख बरालले सुन्तला बगैचा भित्र नांगो तारको विकल्पका एबिसी केबुल राख्न प्रक्रीया अघि बढाएको र केही दिनमै तार परिवर्तन गरिने बताउनुभयो ।

स्थानीयबासी समेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पुर्व उपाध्यक्ष केशमाया मगरले एबिसी केबुल राखेपछि दुर्घटनाको जोखिम नहुने र सुरक्षित हुने बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको दोवा, बेनी नगरपालिकाको बास्कुना लगायत ठाउँमा बस्ती र बगैचा माथि रहेको विद्युतको तार व्यवस्थापन गर्न पहल गरिरहेको सांसद भण्डारीले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...