‘लोकतन्त्रको प्राण ः सुशासन र सद्भाव’

khali

बेनी, । बेनीमा बिहिबार ७५ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको पुर्वसन्ध्यामा ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’ विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
मानव अधिकार तथा शान्ति समाज म्याग्दीले आयोजना गरेको कार्यक्रममा सामाजिक सद्भाव कायम राख्न र शुसासनमा जोड दिइएको थियो । समाजका पुुर्व केन्द्रिय उपसभापति रामजीप्रसाद सुवेदीले लोकतन्त्रको रक्षाका लागि राजनीतिक नेतृत्व जिम्मेवार र प्रशासनिक क्षेत्र भ्रष्ट्राचार मुक्त बन्नुपर्ने बताउनुभयो ।
“अहिलेको व्यवस्थाको विकल्प भन्दा पनि राजनीतिक नेतृत्वको विकल्प अथवा कार्यशैली सुधारको आवश्यकता हो,” उहाँले भन्नुभयो “काम गर्ने शैली र व्यवहारमा परिवर्तन नगर्दा नागरिकले व्यवस्था परिवर्तनको महशुुस गर्न पाएका छैनन् ।”
समाजका पुर्व जिल्ला सभापति नवराज पौडेलले अवधारणापत्र प्रस्तुत गर्दै व्यवस्था परिवर्तनका लागि नेतालाई साथ दिएका नागरिकले शुसासनका लागि दवाव दिनुपर्ने समय आएको बताउनुभयो । उहाँले घृणा र विभेद हटाएर सद्भाव कायम गर्न सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
समाजका पुर्व जिल्ला सभापति तथा नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतमले अधिकारको सदुपयोगमा अग्रसर र दुरुपयोगबाट बच्नुपर्ने बताउनुभयो । निराशा र भ्रममा नपर्न आग्रह गर्दै बेतिथि, विभेद, अन्याय, अत्याचार र गलत क्रियाकलापको प्रतिवाद गर्न सकेमा मात्र शुसासन कायम गर्न सकिने उहाँको भनाई थियो ।
समाजका सभापति हरिप्रसाद पौडेलको अध्यक्षता, उपसभापति मुकुन्दप्रसाद आचार्यको स्वागत र सचिव बिष्णुप्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

khali
Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...