बेनी–गलेश्वर सडक कालोपत्र शुरु

Gandaki Kotihome

बेनी, ः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र शुरु भएको छ ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबार देखि बिटुमिन बिछ्याउन थालिएको हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाका ईञ्जिनियर अच्युतविलास पन्तले डिबिएसडी प्रबिधिको कालोपत्र गर्न पहिलो चरणमा प्राइम कोड (बिटुमिन) बिछ्याउन थालिएको जानकारी दिनुभयो । “प्राइमकोर्ड बिछ्याएको २४ घण्टापछि चिप्स सहित पहिलो चरणको कोड बिछ्याइन्छ,” उहाँले भन्नुभयो “दोस्रो चरणमा सेकेण्ड कोड बिछ्याएपछि डिबिएसडी पिच पुरा हुन्छ ।”

Upper Myagdi transmition line notice

दुई किलोमिटर १०२ मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.ली.ले भ्याट÷पिएससहित रु. १२ करोड ७५ लाख ९४ हजार ४३६ मा २०७९ पुष १७ गते ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएपनि लक्ष्य अघिनै सम्पन्न गर्ने तयारी सहित उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताउनुभयो ।

Annapurna aarohan ko notice

सडक फराकिलो बनाउने, पर्खाल, नाली, ४ वटा कल्भर्ट, सबवेस, बेस र २०० मिटर आरसीसी ढलानपछि कालोपत्र थालिएको हो । “गत असार महिनामै बेस राख्न र कालोपत्र गर्ने बाहेकका सबै काम सकिएको थियो,” कार्कीले भन्नुभयो “७.५ मिटर चौडाईका दरले कालोपत्र गर्ने काम अबको एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।”

यो सडक कालोपत्र भएपछि बेनी नगरपालिका सहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवात जावातमा सहज हुने छ । मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीय रुपमा नियमित रुपमा अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

“बेनी–गलेश्वर सडक आयोजनामा छोटो समयमा हासिल भएको प्रगतिले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ,” नगरप्रमुख केसीले भन्नुभयो “निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ ।”

करिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको बेनी–जोमसोम–कोरला सडक योजनाको कार्यालयले जनाएको छ । २०२ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडकको ७ वटा प्याकेजको निर्माण सकिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...