म्याग्दीका उद्यमी चन्द्रा घले र धनबहादुर श्रीस नगद सहित पुरस्कृत

Gandaki Ghumau

बेनी, नवौ राष्ट्रिय उद्योग दिवसको अवसरमा शनिबार म्याग्दीमा उद्यामीहरुलाई पुरस्कृत गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद रु. पाँच÷पाँच हजार सहित पुरस्कृत गरेको हो ।

सोही अवसरमा चालु आर्थिक वर्षको प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत रु. नौ लाख ७१ हजार मूल्य बराबरको सामग्री खरिदका लागि छनौट भएका १२ जना उद्यमीहरुको नाम सार्वजनिक गरिएको थियो । उनिहरुले उपकरण खरिदमा कुल लागतको पचास प्रतिशत अनुदान पाउने कार्यालयले जनाएको छ ।

बेनी नगरपालिका–३ भकिम्ली डाडाखानीका श्रीसले वैदेशिक रोजगारबाट फर्किएपछि व्यवसयिक रुपमा बोयर जातको बाख्राको स्रोत केन्द्र सञ्चालन गर्नुभएको छ । बेनी नगरपालिका–४ की घले बेनीको गणेश टोलमा बुटिक सेन्टर सञ्चालन गर्नुभएको छ । कराँते, भलिबलको रेफ्रि र खेलाडी रहेकी गुरुङले विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिम र खानाको परिकार बनाउने तालिम पनि दिनुहुन्छ ।

Shreekrishna
Gunasthariya Shiksya

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, प्रहरी नायव उपरीक्षक मदन कुँवर, जिल्ला समन्वय अधिकारी राजेन्द्र पोख्रेल, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्मा लगायतले पुरस्कार वितरण र सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले चालु आर्थिक वर्षदेखि पशुपालक कृषकहरुलाई उत्पादनको आधारमा अनुदान दिने तयारी गरेको जानकारी दिदै विभिन्न निकायले अनुदानमा नगरवासीलाई वितरण गरेका उपकरण, औजार र सामग्रीको प्रयोगको अवस्थाका विषयमा अध्ययन थालिएको बताउनुभयो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्योग दिवस मनाउने बजेट प्राप्त नभएपनि अन्य स्रोत मार्फत उद्यमीहरुलाई प्रोत्साहन गरेर पुरस्कृत गरिएको बताउनुभयो ।

प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत बेनी नगरपालिका–८ को सृजना म.म. रेष्टुरेन्ट एण्ड होटल, मालिका ७ को बिषम कृषि तथा पशुपंक्षी फर्म, मालिका ३ को विशाल टेलरिङ सेन्टर, बेनपा ७ को समतारा फर्निचर उद्योग, बेनपा ६ को विनय फर्निचर उद्योग, बेनपा ५ को संस्कार एण्ड एसिका कुखुरा पालन फर्म, बेनपा ८ को मगर टेलरिङ सेन्टर, बेनपा ८ को रेनु टेलरिङ सेन्टर, बेनपा ८ को अस्मिता टेलरिङ सेन्टर, बेनपा ७ को रोशन टेलरिङ र अर्विन टेलरिङ सेन्टर अनुदानका लागि छनौट भएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषानाथ शर्माले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...