जिससका पदाधीकारीको चाडपर्व भत्ताबाट कोरोना कोष स्थापना

Gandaki Pardesh notice

बेनी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका पदाधीकारीहरुले चाडपर्व भत्ता वापत नियम अनुसार पाएको रकमबाट कोरोना कोष स्थापना गरेका छन् ।

गण्डकी प्रदेश सरकारले बनाएको कानुन अनुसार जिससका प्रमुख, उपप्रमुख सहित ९ जना पदाधीकारीले यस वर्षको चाडवाडका लागि पाएको दुई लाख ३५ हजार रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

भत्ताको साथै जिससको कोषमा रहेको रकमबाट पाँच लाख रुपैयाँको कोरोना रोकथाम, नियन्त्रण, ब्यवस्थापन र उपचार कोष स्थापना गर्ने निर्णय लिएको जिसस प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“प्रदेशको कानुन र नियम अनुसार कार्यालयले हाम्रो खातामा पठाएको रकमबाट कोरोना कोष बनाउन लागेका हौ,” उहाँले भन्नुभयो “कोषको रकम जिससको निर्णय अनुसार कोरोना रोकथाम, नियन्त्रण, ब्यवस्थापन र उपचारमा खर्च हुन्छ ।”

यसअघि बेनी नगरपालिका, धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउपालिकाका विपन्नको खाद्यान्न ब्यवस्थापनका लागि जिससको कोषबाट दुई÷दुई लाख रुपैयाँका दरले एकमुष्ठ बाह् लाख रुपैया उपलब्ध गराएको थियो ।

बेनी अस्पतालमा कोरोनाका बिरामीको उपचार, क्वारेन्टाइन र आइसोलेसनका लागि आवश्यक औजार, औषधी, सामग्री खरिद तथा व्यवस्थापन गर्न तीन लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै गत असारको पहिरोबाट अति प्रभावित धवलागिरी र मालिका गाउँपालिको सडक मर्मत गर्न ३०÷३० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...