बेनी कालीगण्डकी जलबिद्युत आयोजनालाई सहमति नदिने नगरपालिकाको निर्णय

Gandaki Pardesh notice

बेनी । प्रस्ताबित बेनी कालीगण्डकी जलबिद्युत आयोजना बनाउन सहमति नदिने बेनी नगरपालिकाले निर्णय गरेको छ ।

नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको ६१ औ कार्यपालिका बैठकले वातावरणीय, जैबिक, धार्मिक र सांस्कृतिक क्षेत्रलाई असर पार्नेगरी जलबिद्युत आयोजना बनाउन नदिने निर्णय गरेको हो ।

सरोकारवालाको सुझाव र भविष्यमा पर्न सक्ने वातावरणीय असरलाई आँकलन गरेर जलबिद्युत आयोजना बनाउन नहुने निर्णय गरेको नगर कार्यपालिकाका प्रबत्ता रामकृष्ण बराइलीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कालीगण्डकीलाई सुरुङमा हाल्दा बेनी र आसपासका क्षेत्रको तापक्रम र वातावरणीय प्रदुषण बढ्ने, धार्मिक तथा सांस्कृतिक हिसाबले असर पर्ने ठहर गर्दै जलबिद्युत आयोजना बनाउन नदिने निर्णय गरेको हो ।

प्रस्ताव गरिएको ठाउँभन्दा माथि बाँध बनाउने विकल्प पनि उपयुक्त नदेखिएकाले आयोजना बनाउनै नहुने नगरपालिकाको अडान छ । विद्युत विकास विभागले ५०.५३ मेगावाट क्षमताको आयोजना निर्माणका लागि स्थानीय सरकारको सहमति मागेर पत्राचार गरेको थियो ।

बिभागको पत्राचारपछि नगरपालिकाले मंगलबार बेनीमा सरोकारवालाहरुसँग सुझाव मागेको थियो । गलेश्वर मन्दिर भन्दा १.२ किलोमिटर तल बेनपा ८ र जलजला गाउँपालिका २ को सिमानामा बाँध निर्माण गरि तीन हजार ५३७ मिटर लामो सुरुङबाट पानी लगेर जलजला ४ मा पर्ने शेराफाँटमा रहने विद्युतगृहमा खसालेर विद्युत निकाल्ने गरि विभागले आयोजनाको प्रस्ताब गरेको छ ।

रन अफ द रिभर प्रकृतिको यस आयोजनाका लागि तीन मिटर अग्लो र ९० मिटर लम्बाईको बाँध रहने प्रस्तावित यस आयोजनाको ग्रस हेड ९४.८३ मिटर अग्लो छ । आठ अरब बीस करोड सात लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनको स्विकृतिको लागि प्रभावित क्षेत्रका स्थानीय तहहरुबाट विभागले सहमती खोजेको थियो ।
यसैगरी भकिम्ली स्वास्थ्य चौकीको भवन निर्माणका लागि सम्बन्धित निकायमा प्रस्ताव पठाउने, बेनी पात्लेखेत सडक स्तरोन्नतिका लागि महारानीथान–छाप–भराले–देउराली सडक मर्मत गरेर बैकल्पिक रुपमा सञ्चालन गर्ने र कोरोना महामारी फैलिन नदिन टोल बस्तिमा स्वमसेवक परिचालन गरेर निगरानी तथा सचेतनामुलक कार्यक्रम गर्ने निर्णय भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...