सदभाव कायम र विकृति नियन्त्रणमा म्याग्दीका सरोकारवालाको जोड

Gandaki Kotihome

बेनी, म्याग्दीका सरोकारवालाहरुले संस्कृतिको संरक्षण, सामाजिक सद्भाव र विकृति नियन्त्रणमा जोड दिएका छन् ।

नेपाल सम्वत ११४४ को अवसरमा नेपाल भाषा मंका खःल म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिहरुले सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रशेम बहादुर जुग्जालीले सामाजिक सद्भाव र संस्कृतिको पुस्तान्तरण अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

Upper Myagdi transmition line notice

“सामाजिक सञ्जालको दुरुपयोगका कारण सामाजिक, व्यक्तिगत जिवनमा नकारात्मक असर देखिएकाले यसको नियमनको लागि सरकारले टिकटक बन्द गराउनु स्वागतयोग्य छ,” उहाँले भन्नुभयो “मानिसलाई महत्वाकाक्षी बनाउने, विकृति निम्ताउने र सद्भाव खल्याउने गतिबिधिले सामाजिक समस्या र चुनौति बढाएकाले सरकारले गरेको निर्णय कार्यान्वयनमा सघाउनुपर्छ ।”

Annapurna aarohan ko notice

परम्परागत कला र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तामा सिप र कला हस्तान्तरण गर्नुपर्ने मन्त्री जुग्जालीको भनाई थियो । देशभरका नेवार समुदायले आफ्नो मौलिक कला संस्कृतिको संरक्षणमा देखाएको अग्रसरताप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

म्याग्दी जिल्लाको दिर्घकालिन महत्वका आयोजनाहरुका लागि सबै सरोकारवालाहरुको साझा धारणा बनाउनुपर्ने आवश्यकता रहेको जुग्जालीको भनाई थियो । संविधानसभा सदस्य गोविन्द पौडेल, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापा मगरले मौलिक संस्कृति संरक्षणमा जोड दिनुभयो ।
कार्यक्रमको अवसरमा नेवार समुदायको तर्फबाट गतबर्षको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयबाट गुञ्जन श्रेष्ठ, संस्थागत विद्यालयबाट स्वीकृति श्रेष्ठ र आवास श्रेष्ठलाई नगद, कदरपत्रले सम्मान गरिएको थियो ।


म्याग्दीका नेवार समुदायबाट चिकित्साशास्त्रमा स्नातक र स्नातकोत्तर गरेका २७ जनालाईसम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको थियो । कार्यक्रममा संविधानसभाका सदस्य रेशमबहादुर बानियाँ, गण्डकी प्रदेश सदस्यद्धय हरिबहादुर भण्डारी, बिमला गौचन, बेनी नगरपालिका प्रमुख सुरत केसी लगायत वडा अध्यक्ष, विभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । राष्टिय विभूति शंखधर साख्वाले गरिब जनताको ऋण मोचन गरि नेपाल संवतको सुरुवात गर्नुभएको थियो ।
नेपाल देशको नामबाट राखिएकाले यो संवतलाई नेपालकै मौलिक संवतको रुपमा मनाइन्छ । जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतको सुरुवात गराउनुभएको थियो । समारोह शुरु हुनुअघि बेनी बजारमा झाँकी सहितको ¥याली निकालिएको थियो ।
भाषा मंकाः खल म्याग्दीका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठको स्वागत र सहसचिव सृजना श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...