मुस्ताङको ढाक्मरमा खोरभित्र पसेर हिमचुतावाले ८२ वटा च्याङग्रा मा¥यो

Gandaki Ghumau

बेनी ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा ८२ वटा च्याङग्रा मरेका छन् ।

ढाक्मरका मिङमार गुरुङको खोरमा शनिबार राती पसेको चितुवाले थप ८ वटा च्याङ्ग्रा मारेको लोमान्थाङ गाउँपालिका –२ को वडा कार्यालयले जनाएको छ । वडा सदस्य ङवाङ छवत्तर गुरुङले ८२ वटा च्याङग्रा मृत र ८ वटा घाइते भेटिएका जानकारी दिनुभयो ।

“रातको समयमा तारवार सहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्याङग्रा मारेको हो,” उहाँले भन्नुभयो “रु. तीस लाख भन्दा बढीको क्षति गरेको अनुमान गरेका छौ ।” वडा सदस्य गुरुङका अनुसार केही च्याङग्राको आन्द्राभुडी निकालेर छाडेको छ भने धेरैको रगत खाएर मारेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

मुस्ताङमा हिमचितुवाले पु¥याएको यो अहिलेसम्मको ठूलो क्षति भएको कृषकहरुको भनाई छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय लोमान्थाङ र चराङ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेका छन् ।

हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो । मुस्ताङमा हिमचितुवा कति छन् भन्ने एकिन तथ्यांक छैन । ढाक्मर गाउँको पश्चिमतर्फको ठुलो रातो पहाडको ओढारहरुमा हिमचितुवाको वासस्थान रहेको स्थानीय छिरिङ गुरुङले बताउनुभयो ।

गत वर्ष मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट १९ जना कृषकको ६५ वटा पशु मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र वन डिभिजन कार्यालय मुस्ताङको तथ्याङ्क छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...