घतानको माटेबिसौनामा ईको भ्यान दुर्घटना हुदाँ आठ जना घाइते

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ माटेबिसौनामा बिहिबार साँझा भएको ईको भ्यान दुर्घटनामा आठ जना घाइते भएका छन् ।

बेनी देखि नेप्टेचौर जादै गरेको ध १ ज १०७० नम्बरको भ्यान दुर्घटना हुँदा चालक बेनी नगरपालिका –९ का गणेशबहादुर खत्री सहित यात्रुहरु घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१३ टुडीका ३७ वर्षीय राजु नेपाली बाहेक अरु बेनी नगरपालिका–९ का बासिन्दा हुन् ।

Gunasthariya Shiksya

१७ वर्षीय विबेक चोखाल, ३३ वर्षीया अन्जना चोखाल, ६५ वर्षीय दिवाकर सुवेदी, ४८ वर्षीय रामजी सुवेदी, ३४ वर्षीया हिरा चोखाल, ४७ वर्षीया गोमा श्रेष्ठ घाइते भएको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिनुभयो ।

Shreekrishna

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । गाडी सडक देखि ५५ मिटर तल खसेको छ । दुर्घटनास्थल नजिकै रहेका धान भित्र्याउने काम गरिरहेका स्थानीयबासीले उद्दार र प्रहरीलाई खबर गरेका थिए ।

चालकले उकालोमा गाडी रोकेर पछाडीको टायरमा ओट लगाउन ढुंगा राख्न खोज्दै गर्दा पछाडीतर्फ गुडेर सडकबाट खसेको प्रत्यक्षदर्शीको भनाई छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...