किर्तिमानी पर्वतारोही निर्मलले गैरआवासीय नेपाली नागरिकता लिनुभयो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, किर्तिमानी पर्वतारोही निर्मल पुर्जाले हेलिकप्टर चार्टर गरेर जन्मथलो म्याग्दीमा आएर बिहिबार गैरआवासीय नेपाली नागरिकता बनाउनु भएको छ ।

हाल बेलायतमा बसोबास गर्ने पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिन काठमाडौबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी आउनुभएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जालाई प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गैरआवासीय नागरिकता हस्तान्तरण गर्नुभयो । नागरिकता लिएपछि बेनीमा १५ मिनेट बिताएका पुर्जा हेलिकप्टरबाटै अमादम्बा हिमालतर्फ जानुभएको छ ।

“दशै अघिनै एनआरएनए नागरिकता बनाउन आवेदन दिएको थिए । आमदब्लाम हिमालमा आरोही लिएर गएकाले फुर्सद् भएन । काठमाडौमा आएको समयमा हतार भएपछि नागरिकता लिन हेलिकप्टर चार्टर गरेर आएको हो,” उहाँले भन्नुभयो “गैरआवासीय नागरिकताले मातृभूमिप्रति गौरवान्वित भएको छु । यो व्यवस्थाले नेपालमा गैरआवासीय नेपालीको लगानी भित्र्ने वातावरण बन्ने अपेक्षा गरेका छौ ।”

Shreekrishna

विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल छ महिनामा चढेर किर्तिमान बनाएका पुर्जाको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना हो । बेलायती सेनाको विशेष सैनिक फोर्सको जागिर छोडेर हिमाल आरोहण गर्न थालेका पुर्जा हाल पर्वतारोहण व्यवसाय गर्नुहुन्छ । उहाँले हालै संसारको अग्लो सगरमाथा हिमालबाट स्काइभ डाइभ गर्नुभएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

जिल्ला प्रशासन कार्यालय म्याग्दीले कत्तिक १७ गतेदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको थियो । हालसम्म ४ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको प्रजिअ पौडेलले बताउनुभयो । ४० जनाले गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन पेश गरेका छन् ।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । वि.स. २०७२ मा जारी भएको नेपालको संविधानले गैरआवासीय नागरिकताको व्यवस्था गरेको थियो ।

एनआरएन नागरिकता लिनेहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउदैनन् ।े नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउँछन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्था ऐनमा छ ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि नेपाली नागरिकता त्यागेको वडाको सिफारिस र विदेशी नागरिकता प्राप्त गरेको प्रमाणसहित कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूूचना जारी गरेको छ । गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...