मेजनको ‘धौलासिरी’ बिमोचन

Gandaki Ghumau

बिम, ः चलचित्र लेखक तथा निर्देशक मेजन पुनले ‘धौलासिरी’ उपन्यास बिमोचन भएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा जन्मिएर हाल पोखरामा बसोबास गर्दै आउनुभएका पुनले लेख्नुभएको ‘धौलासिरी’ उपन्यासको नेपाल लोकवार्ता परिषद्ले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बिमोचन गर्नुभयो ।

उपन्यासमा धौलागिरि क्षेत्रको म्याग्दी, पर्वत, बाग्लुङ, मुस्ताङको ग्रामिण परिवेश र लोककथा समेटिएको छ । यस क्षेत्रमा प्रयोग हुने ठेट, झर्रा शब्दले भरिएको उपन्यासले विदेशिनुपर्ने नेपाली युवाहरुको बाध्यता र त्यसले परिवार तथा समाजमा पारेको सकारात्मक, नकारात्मक प्रभावलाई उजागर गरेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

बुलबुल पश्लिकेशन प्रा.ली.ले प्रकाशन गरेको उपन्यासका विषयबस्तु पुनको जन्मथलो बेग र वरपरका गाउँको परिवेस केन्द्रित छन् । त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर गर्नुभएका मेजन पुन मगर–चलचित्र लेखन÷निर्देशनमा सक्रिय हुनुहुन्छ । उहाँका कविता, चलचित्र र समाजसम्बन्धी दर्जन बढी पुस्तक प्रकाशित छन् । उपन्यासकारका रुपमा धौलासिरी उहाँको पहिलो आख्यान हो ।

उपन्यासमा साहु, भाषा हराएको कथा, ठेले कटवाल, गाउँघरको परिम, साइँली र साथी, लाहुरेको विचित्रको कथा, मेलाको रौनक, सुर्जे र साथीहरु, चिमखोला मेला, यो कस्तो ः मायाजाल, नयाँ सम्बन्धको सुरुवात, भीमसेन पुजा, नाकले भुमेको कथा, सुर्जे र साइँलिको विहे, कुल पूजा, कचहरी, दुःखमा सुर्जे, सिकार खेल्ने, भाका, भुमे पुजा शिर्षकमा लोककथालाई प्रस्तुत गरिएको छ ।

धौलासिरी धौलागिरीको रैथाने (आञ्चलिक) नाम हो । धौलासिरीको गाउँ गाउँ पुगेर ‘डकुमेन्ट्री’ बनाउँदा चिसो ठिहीमा कठ्याङ्ग्रिदै भेडी गोठमा पनि रात काटेको अनुभवनले पुनलाई यहाँका मासिनको जिवनयापदवारे चासो बढाएको थियो । “कार्यक्रममा पुग्दा बुढापाकहरुसँग सोधखोज र जीवन÷शैलीसँग नजिक भएकै कारण यो किताब तयार भएको छ,” पुनले भन्नुभयो “धौलासिरीमा हुर्केका व्यक्ति जो यहाँको जनजीवनसँग नजिक थिए÷छन् उनीहरुलाई पुस्तक पढेपछि कतै केही नपुगे जस्तो, कतै केही छुटेको जस्तो लाग्न सक्छ । यस्तो हुनु स्वभाविक हो । किनकि आफूले बाँचेको त्यो घडिको मिठास केबल आफूलाई मात्र थाहा हुन्छ जो सम्भवत वर्णन गर्न गाह्रो काम हो ।”

धौलासिरीको विगतका जनजीवन बुझ्न यो उपन्यास माध्यम बन्ने विश्वास लेखक पुनले लिनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...