भूकम्प पीडितकालाई गण्डकी प्रदेश सरकारको एक करोड सहयोग

Gandaki Ghumau

पोखरा, । गण्डकी प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई रु. १ करोड उपलब्ध गराउने भएको छ ।

आईतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निणर्य गरेको हो ।

‘भुकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भन्नुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

शुक्रवार राती भुकम्प गएको र शनिवार बिहानै भुकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधी सहित विषेशज्ञ चिकित्सकको टोली पठाएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । ‘स्वास्थ्यकर्मी सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा पुगेर उपचार गराईरहनुभएको छ’ उहाँले भन्नुभयो ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ ।’

मन्त्रिपरिषद् बैठकले भुकम्पका कारणले मृत्यू हुने कर्णालीवासी नागरिक प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन र घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

भुकम्प पीडितको उद्धार उपचारमा गण्डकी प्रदेश सरकारले औषधी सहित विषेशज्ञ चिकित्सकको टोली शनिवार नै कर्णाली प्रदेशको भुकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...