घोडेपानीका होटल तिहारअघि नखुल्ने

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीका होटल तिहार अनि नखुल्ने भएका छन् ।

अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोडेपानीका साथै बिरेठाटी र घान्द्रुकका होटल ब्वबसायीले बढ्दो कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि तत्काल होटल नखोल्ने निर्णय लिएका हुन ।

तीन वटै ठाउँका होटल ब्यवसायीहरुको संयुक्त बैठकले कोरोना भित्र्न नदिन तिहार अघि नखोल्ने निर्णय गरेका घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताउनुभयो । घोडेपानीका होटलहरु गत चैत ११ गतेदेखिनै बन्द भएका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

देशका अन्य ठाउँमा होटल तथा रेष्टुरेष्ट खुला गरिएपनि घोरेपानी क्षेत्रमा अझै सूचारु गरेका छैनन् । पाहुनाको माध्यमबाट कोरोना भित्र्ने जोखिम आँकलन गरेका छन् । लकडाउन खुलेपछि केहीदिनयता भ्रमणका लागि स्वदेशी पर्यटकहरु घोडेपानी आउन थालेपछि स्थानीय त्रसित भएका छन् ।

घोडेपानी कास्कीको घान्द्रुक र बिरेठाटी भएर म्याग्दी भित्रने नाका समेत हो । समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ । अधिकांश घरमा पर्यटक स्तरका होटल सञ्चालन भएका छन् ।

जोखिमको विष्लेषण गरेर पदयात्रा पनि बन्द छ । घोडेपानी नजिकको पर्यटकीय स्थल पुनहिल भ्रमणमा अन्नपूर्ण गाउपालिकाले गत चैत देखिनै रोक लगाएको छ । विगतका वर्षमा असोज, कात्तिक, चैत र बैशाखमा घोडेपानीमा पर्यटकको घुइँचो लाग्दथ्यो । अहिले सुनसान छ । सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, गुरासे जंगल, मगर संस्कृतिको अवलोकनका लागि घोडेपानीमा पर्यटक आउने गर्छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...