जनप्रिय भूपुले जिते पाँचौ पश्चिम म्याग्दी कपको उपाधी

khali

बेनी, ः जनप्रिय भूपु विद्यार्थी क्लवले म्याग्दीको दरवाङमा सम्पन्न पाँचौ पश्चिम म्याग्दी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीमा कब्जा जमाएको छ ।
जनप्रियको दुई वटा टिमनै पश्चिम म्याग्दी युवा क्लवले दशै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिताको विजेता र उपबिजेताको उपाधी चुमेका हुन् ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङमा भएको फाइनलमा जनप्रिय भूपुको निलोले सेतोलाई शून्यका विरुद्ध १ गोल गर्दै बिजयी भएको क्लवका अध्यक्ष खिम पुनले जानकारी दिनुभयो ।

khali


ट्रफी, मेडल, प्रमाणपत्र सहित विजेताले नगद रु. ९५ हजार र उपबिजेतालाई रु. ६० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । बिजेता जनप्रियको निलोबाट खेलेका धेरै खेलाडी मालिका गाउँपालिका–५ रुन्माको नवसिर्जना युवा क्लवका थिए ।
फाइनलमा एक गोल गरेर जनप्रिय निलोलाई जिताएका विकास परियारले प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी पाउनुभयो । प्रतियोगिताको अवसरमा आयोजित प्रौढ फुटसल प्रतियोगितामा थापाचौर टोल विकास समिति बिजेता र धाडखर्क टोल विकास समिति उपबिजेता भएका छन् ।
खुल्ला नृत्य प्रतियोगितामा हिराजित स्मृति युवा क्लव बिम तल्लोगाउँ प्रथम, बेनीकी सिन्धु पुन दृतीय र केबी एकेडेमी बोडिङ एण्ड मेन्टेश्वरी हामर्स प्रा.ली. दरवाङ तृतीय भएका मेला संयोजक विमल शर्माले जानकारी दिनुभयो ।
कात्तिक ९ गते प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभएको प्रतियोगिताका बिजेता टिमका खेलाडीहरुलाई मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले पुरस्कार वितरण गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...