म्याग्दी र मुस्ताङमा पर्यटकको घुइचो

Shreekrishna hardware

बेनी, म्याग्दी र मुस्ताङमा पर्यटकको घुइचो लागेको छ ।

घुम्न आएका पाहुनाहरुले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले दशै लगत्तै पाहुनाको चाप बढेर होटलहरु भरिभराउ भएका जानकारी दिनुभयो ।

“देशका बिभिन्न ठाउँमा भ्रमणमा आएका पाहुनाले होटल भरिएका हुन,” गलेश्वरमा रहेको होटल याकका सञ्चालक समेत रहेका आचार्यले भन्नुभयो “पोहोर, परार साल भन्दा यसपाली पर्यटक आगमन राम्रो छ ।” बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोडेपानी, सिंगा तातोपानीका होटलहरु पाहुनाले भरिभराउ बनेका हुन् ।

Shreekrishna

होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ । १० भन्दा बढी सुविधायुक्त होटल रहेको भुरुङ तातोपानीका होटल व्यवसायी राजु हमालले तीन दिनयता सबै होटल पाहुनाले भरिभराउ रहेका बताउनुभयो ।

Ban devision notice

वडादशैको टिकाको भोलिपल्टदेखि काठमाडौ, पोखरा, चितवन, बिराटनगर, रुपन्देही लगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक प्रताप महतले तीन दिनयता दैनिक चार देखि पाँच हजार पाँच सय पर्यटक मुस्ताङ भित्रिएका जानकारी दिनुभयो ।

“कात्तिक ९ गते एक हजार दुई सय सवारी साधनमा पाँच हजार पाँच सय, १० गते ९७४ सवारी साधनमा पाँच हजार र शनिबार सात सय सवारी साधनमा चार हजार जना मुस्ताङ भित्रिएका छन्,” उहाँले भन्नुभयो “अन्य समयमा दैनिक डेढ सय देखि दुई सय सवारी साधनमा पर्यटक भित्र्ने गरेका थिए ।”

महतका अनुसार जिप, बसको तुलनामा मोटरसाइकल, निजी गाडी र स्कुटरमा मुस्ताङ घुम्न जाने बढी छन् । पर्यटकीय याम, अनुकुल मौसम, चाडपर्वको बिदा भएकाले बिद्यार्थी, ब्यापारी, कर्मचारी लगायत बिभिन्न पेशा ब्यवसाय गर्नेहरु मुस्ताङ घुम्न आएका घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहनुभएका मार्फाका होटल व्यवसायी राजु लालचनले बताउनुभयो ।

“पोहोर साल दशैमा बर्षातका कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन, आएकाले पनि दुख पाए,” उहाँले भन्नुभयो “यसपाली सडक सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजेका छन् ।” शरदयाम घुमघामका लागि उपयुक्त मानिन्छ । विदेशी भन्दा नेपाली पर्यटकको संख्या बढी रहेको होटल व्यवसायीले बताएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...